डाँका कसुरका फरार एक वर्षपछि पक्राउ
आइतबार, साउन २२, २०७९ मा प्रकाशित

बर्दिया, साउन २२ (फरकसमाचार) / डाँका चोरी कसुरमा फरार रहेका व्यक्तिलाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–३ मानपुरका २९ वर्षिय अम्बु भन्ने अम्मर सावदलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

०७८ साल असार ३० गते सावदलाई अदालतले डाँका चोरी कसुरमा १ महिना कैद र नगद रु १० हजार ५ सय ६० जरिवाना तोकेको थियो । अदालतले कैद र जरिवाना तोकेको दिनदेखि सावद फरार रहेका थिए ।

आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा सावदलाई प्रहरीले नियन्त्रणमा लिई सजाय भुक्तान गराउन अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय