गुलरियामा “महिला सशक्तिकरणमा –महालक्ष्मी लाईफ” कार्यक्रम
बुधबार, माघ २५, २०७९ मा प्रकाशित

बर्दिया,माघ २५ / महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. गुलरिया शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रम संचालन गरेको छ । समाजमा पिछडिएका समूदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आय आर्जन गराउने उद्देश्यले यो कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा कम्पनिका मार्केटिङ चिफ प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्य र महत्व माथि प्रकाश पार्दै आर्थिक रुपमा सबल हुन आवश्यक रहेकाले महिलालाई रोजगारीको लागि आवद्ध हुन आह्वान गरे । धमलाले यस पेशामा महिला आवद्ध हुन चाहे असार मसान्त सम्म आवश्यक शुल्क कम्पनिले उपलब्ध गराउने समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले यस्तो कार्यक्रमले महिलालाई आत्मनिर्भर हुन मद्दत गर्ने बताए । जिबन बिमा गरी आर्थिक एवम् पारिवारिक सुरक्षाको महसुस गुलरिया नगरपालिका अन्र्तगत रहेका सय जना महिला स्वास्थ्य स्वयमसेविकाहरुको पचास हजार बिमांक बराबरको जिबन बिमा गराएको जानकारी दिए । आगामि आ.व.मा बिमांकलाई दोब्बर गरी स्वयमसेविकाहरुको बिमा गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

बिशेष अतिथि नगर उप–प्रमुख गौतमले यस कार्यक्रमले महिलालाई रोजगारीको लागि अवसर प्रदान गरेकाले कम्पनिलाई धन्यवाद ज्ञापन गर्दै बढि भन्दा बढि महिला दिदिबहिनिहरुलाई यस पेशामा आवद्ध भई आत्मनिर्भर हुन आवह्वान गरिन् ।

बर्तमान अवस्थामा आर्थिक रुपमा सक्षम नभएको मानिसलाई सबै क्षेत्रमा पछाडी पर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै आर्थिक रुपमा माथि उठाउन यस अभियानलाई देशव्यापि बनाईएको कार्यक्रमका विशेष अतिथि एवं कम्पनिका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

कार्यक्रममा सय जना महिला स्वय्मसेविकाहरुलाई महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. गुलरिया शाखाले जारी गरेको बिमालेख हस्तान्तरण गरिएको छ । बिमालेख प्राप्त गर्दा महिला स्वयमसेविकाहरुले गुलरिया नगरपालिका र महालक्ष्मी लाईफलाई धन्यवाद ज्ञापन गर्दै खुशि व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै कम्पनिका कर्णालि प्रदेश प्रमुख न्यौपानेले महिलाहरुलाई अगाडि बढाउनुका साथै आर्थिक रुपमा सबल बनाउनको लागि कम्पनिले महिलाहरुलाई अवसर प्रदान गरेको भन्दै बढिभन्दा बढि महिला दिदिबहिनिहरुलाई यस पेशामा आवद्ध हुनलाई आवह्वान गरे । कार्यक्रमलाई महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. गुलरिया शाखाका प्रमुख खुमेश सुबेदीले सहजीकरण गरेका थिए ।

कम्पनिका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेको अध्यक्षतामा, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवको प्रमुख आतिथ्यतामा, नगर उप–प्रमुख साबित्रि गौतमको विशेष आतिथ्यता, कम्पनिका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र मार्केटिङ चिफ प्रशान्तराज धमलाको बिशेष आतिथ्यता साथै गुलरिया ७ का वडा अध्यक्ष मनोज कुमार यादव, कार्यपालिका सदस्य नैन सुनार, स्वास्थ्य शाखा प्रतिनिधि बिष्णु सापकोटा, शान्ति पुर्नस्थापना गृहकि जिल्ला संयोजक सपना शर्मा लगाएत स्वास्थ्य स्वयमसेवक संयोजक दुर्गा रावलको आतिथ्यता मंगलबार कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय