रेशम चौधरीका बुबाले संसदमा भने : टिकापुर घटना अगाडि मलाई मार्ने योजना रहेछ
शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित

काठमाडौं, फागुन १२ / नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीका बुबा एवं नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले कैलाली घटना अगाडि आफूलाई मार्ने योजना बनाएको तर आफूले भाग्यले बाँचेको बताए ।

शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा उनले आफ्नो अनुभव सुनाउँदै कैलाली घटनामा दोषी भनेर निर्दोषलाई जेल हालिएको भनी रिहाइको माग गरे । २०७२ साल भदौ ७ गते कैलाली जिल्लास्थित टीकापुर नौ जनाको ज्यान जानेगरी घटना भएको थियो । उक्त घटनामा दोषी ठहर गर्दै अदालतले रेशम चौधरीसहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

कैलालीमा २०७२ भदौ ७ गते भएको घटना सबैतिर आएको तर त्यस अगाडिको भदौ ४ गतेको घटना कतै नआएको उनले गुनासो गरे । ‘२०७२ साल भदौ ४ गते अखण्ड सुदूरपश्चिम राजनीतिक दलका साथीहरु धनगढीबाट सदभावको नामबाट र्याली गर्दै ५ हजार जना टिकापुर आउनुभएको थियो । म चढिरहेको बाइक साँझ ६ बजे जलाइएको थियो’, उनले संसदमा सुनाए ।

त्यसदिन आफूलाई समेत मार्ने योजना रहेको तर, आफू भाग्न सफल भएको उनको भनाइ छ । ‘त्यो बाइकसँगै मलाई पेट्रोल छर्केर जलाउने उहाँहरुको योजना रहेछ । कारणवश मलाई भेट्टाउन सक्नुभएन, ईश्वरको कृपाले म भाग्न सफल भएँ’, चौधरीले संसदको बैठकमा भनेका छन् । त्यसबेला टिकापुरमा ८२ वटा घर जलाइएको, रेशम चौधरीले चलाइरहेको रिर्सोट र रिर्सोटमा रहेको गाडी जलाइएको उनले बताए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय