सहकारीको धान मिलिमतोमा सस्तोमा बिक्रि
बिहिबार, चैत २३, २०७९ मा प्रकाशित

बर्दिया, चैत २३ / सहकारीका पदाधिकारी र स्थानिय व्यबसायीको मिलिमतोमा सहकारीमा स्टक राखिएको राधा ४ नामको धान मिलिमतोमा सस्तो बिक्रि गरेको खुलेको छ । प्रतिस्पर्धा बिना साना किसान सहकारीको धान मिलिमतोमा सस्तो बिक्रि गरेको तथ्य सार्वजनिक भएको हो । राधा ४ नामको धानको बजार मूल्य ३ हजार ५० भएपनि २ हजार ८ सयमा बिक्रि गरेपछि सेयर सदस्य असन्तुष्ट छन् ।

२ हजार बढि सेयर सदस्य रहेको मधुवन नगरपालिका स्थित तारातालमा रहेको साना किसान सहकारी संस्था लिमिटेडको १ हजार पाँच सय क्यून्टन धान सस्तोमा बिक्रि गरेको रेर्कडमा उल्लेख छ । सहकारीको धान बजार मूल्यमा भन्दा मंहगोमा खरिद गरेको स्थानीय व्यबसायी दिल्ली खनालले दाबी गरे । उनका अनुसार तीन जना व्यबसायी धान खरिद गरेका हुन् ।

‘संचालक समितिले निर्णय गरेको मूल्य २ हजार ७ सय हो’ खनालले भने,‘तीन जनाले २ हजार ८ सय रुपैयाँमा खरिद गरेका हौं ।’ सहकारीले किसानसँग सिजनमा धान मंहगोमा बिक्रि गर्ने उदेश्यले बर्सेनि खरिद गर्छ । सहकारीमा जम्मा भएको धान केहि समय स्टक गरेर मंहगोमा वेच्ने गरेपनि यस बर्ष मिलिमतोमा बिक्रि गरेको खुलेको छ । राधा ४ को बजार मूल्य ३ हजार ५० रुपैँया छ ।

दुई साता अघि देखि राधा ४ धानको बजार मूल्य ३ हजार ५० रुपैया रहेको अर्का एक व्यबसायीले बताए ।  ‘हामीलाई सूचना निस्केको पनि थाहा भएन’नाम नखोल्ने सर्तमा उनले भने,‘पारदर्शी गर्ने भए सार्वजनिक सूचना जारी गर्न पथ्र्यो ।’ सार्वजनिक सूचना प्रकासित नगरी धान बिक्रि गर्नु जायज नभएको असन्तुष्ट पक्ष तर्क गर्छन् । धान सुक्ने हुनाले धान बिक्रि गरेको साना सहरकारी संस्थाका प्रमुख डम्बर केसीले बताए । सहकारीको धान बिक्रि खुला प्रतिस्पर्धामा गरिएको केसीको दाबी छ । ‘कति ठूलो परिणाम सहकारी बेचेको छ र ?’ केसीले प्रतिप्रश्न गर्दै भने,‘कुरा काट्ने मुख छेकेर कहाँ सकिन्छ, सहकारीको फाईदाको लागि धान बिक्रि निर्णय अनुसार भएको छ ।’ स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय