अटोमेटिक पेस्तोलसहित बर्दियाका दुई र बाँकेका एक जना पक्राउ
बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

बर्दिया, बैशाख २८ (फरकसमाचार) / अटोमेटिक पेस्तोलसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पेस्तोलसहित प्रहरीले बर्दियाका दुई र बाँकेका एक जनालाई मंगलबार राति पक्राउ गरेको हो ।

बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षिय सुमन रिजाल, गेरुवा गाउँपालिका–५ का ३२ वर्षिय सागर शाह र बाँके कोहलपुर नरपालिका–९ का २९ वर्षिय धर्म पुन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट उनीहरुलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

किङ क्रस क्लबमा मंगलबार राति झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले जाँच गर्ने क्रममा सोही क्लबको शौचालयमा लुकाइ राखेको पेस्तोल र गोलीसहित तीनै जनालाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा रिजालले प्रहरी आएको थाहा पाई क्लवको भुई तलामा रहेको शौचालयमा पेस्तोल लुकाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

तीनै जनाले प्रयोग गरेको बा ११ च ८०० नंम्बरको कार उप–महानगरपालिका–४ स्थित सडकमा पार्किङ गरेको अवस्थामा प्रहरीले फेला पारेको छ । प्रहरीले कारमा खानतलासी गर्दा कारको वायाँ सिट मुनी १७.५ ईन्च लामो खुकुरी प्रहरीले बरामद गरेको छ । प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय