शिक्षा क्षेत्रको सुधारको लागि पत्रकार भेटघाट
शनिबार, चैत ०३, २०८० मा प्रकाशित

बर्दिया,चैत ३(फरकसमाचार)/ शिक्षा क्षेत्रको सुधारको लागि पत्रकार भेटघाट कार्यक्रम गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा शुक्रबार गुलरियामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

राज्यमा शिक्षा क्षेत्र गुणस्तर सुधारको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको काम र शिक्षा क्षेत्रको गुणस्तर सुधारको लागि संचारकर्मीको सुझाव वा सुचना संकलन गर्ने उदेश्यले भेटघाट कार्यक्रम आयोजना गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेश कुमार जोशीले बताए । ‘यस कार्यक्रममा शिक्षा सम्बन्धि नीतिहरु, कार्यक्रम, गतिविधिलगायत सम्पुर्ण शैक्षिक रणनीतिको बारेमा सरोकारवालालाई सुसुचित गराउने’ निर्देशक जोशीले भने,‘त्यसैगरि यहाँ देखिका शैक्षिक समस्याको बारेमा सुचना लिनेछौं ।’

शैक्षिक क्षेत्रमा देखिएका समस्याको बारेमा सुचना प्राप्त गरेर कसरी समाधान गर्न सकिन्छ त्यस तर्फ गम्भिर रुपमा लाग्ने निर्देशक जोशीले सुनाए । शैक्षिक गुणस्तर सुधारको लागि राज्य एक्लैले सक्दैन यस कार्यमा सबैले शिक्षक, अभिभावक र तीनै तहकका सरकारले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन जरुरी रहेको निर्देशक जोसीले अनुरोध गरे ।

हालसम्म ६४ वटा जिल्ला र तीन प्रदेश साक्षर घोषणा भएको निर्देशक जोशीले प्रस्तुतीकरण गरे । सामुदायिक, संस्थागत र परम्पराग धार्मिक विद्यालय गरि ३६ हजार ३२ वटा विद्यालय रहेको तथ्यांक सार्वजनिक गरे । सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या ७२ लाख ६९ हजार ५ सय ५१ जना छन् । त्यसैगरि सामुदायिक र संस्थागत विद्यालयमा गरि कुल २ लाख ८२ हजार ५ सय ८५ शिक्षक र सामुदायिक विद्यालयमा स्वीकृत दरबन्दी तथा अनुदान गरि १ लाख ५७ हजार ४ सय ८ शिक्षक रहेको प्रस्तुतीकरणमा प्रस्तुत गरे ।

शिक्षा सम्बन्धि बनाईएका ऐन नियम कार्यान्वय गरे र शिक्षकलाई राजनीतिकबाट टाढा राखे शिक्षाको गुणस्तर बढ्ने सहभागीहरुले सुझाएका थिए । कार्यक्रममा गुलरिया नगरपालिका शिक्षा शाखाका प्रमुख सतिस यादव, शिक्षा समन्वय इकाईका प्रतिनिधि, संचारकर्मी र विद्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर