काठमाडौं,
नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । उनले एमसीसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा एमसीसी पास भयो भने यो मुलुक रण भूमि बन्ने खतरा रहको बताएका हुन् ।अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताएका छन् । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले उल्लेख गरे ।
मैनालीले चीनलाई सिध्याउन अमेरिकाले एमसीसी मार्फत यो रणनीति लिएको दाबी गरे गर्दै उनले एमसीसी नेपाल सरकारले तुरुन्त फिर्ता लिनु पर्ने बताए । एमसीसी नेपालले सदनबाट पारित गरेमा नेपालले अमेरिकाको उपनिवेश बन्ने कुरा पनि उनले प्रष्ट पारे ।रातोपाटीबाट साभार