शुक्रबार, असोज २२, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, असोज २२ (फरकसमाचार)/ प्रहरीले बालक फेला पारी अभिभावकको जिम्मा लगाएको छ ।
प्रहरीले जिल्ला दैलेख दुल्लु नगरपालिका–८ का १५ वर्षिय अनिस कुमार बुढालाई उनको बुवा भरत कुमार बुढाको जिम्मा लगाएको हो । अनिस असोज १४ गते घरबाट भागी हिडेका थिए ।
प्रहरीले गस्ती गर्ने क्रममा बुधबार अनिसलाई फेला पारेको थियो । प्रहरीले फेला पारेको बालकलाई सुरक्षित साथ राखी उनको बुवालाई बोलाई जिम्मा लगाएको जनाएको छ ।