आइतबार, असोज ३१, २०७८
मा प्रकाशित
0
Shares
तनँहु, असोज ३१। ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोर रहेका छन्।
ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार