बाँकेमा कोभिडका ८३ जना गम्भीर बिरामी, निषेधाज्ञा हटाउने वा नहटाउने बारे छलफल
शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित

बेद प्रकाश गुप्ता

भदौ २६, बाँके ।  भेरी अस्पताल र नेपालगंज मेडिकल कलेजमा उपचाररत ८३ जना कोरोना संक्रमित सिकिस्त अवस्थामा छन् । संक्रमित बिरामी मध्ये प्राय सबैजनामा कुनै न कुनै अन्य रोगले ग्रसित भएको कुरा भेरी अस्पतालले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले संक्रमित बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनले आफ्नो फेसबुक पोष्टमा उल्लेख गर्दै सिकिस्त बिरामीलाई अस्पतालमा बेड अभाव छ ।
भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा संचालित कोरोना विशेष अस्पतालमा बेड नपाई बिरामी छट्पटाई रहेको अवस्थामा उद्योग बाणिज्य संघले जारी रहेको निषेधाज्ञा हटाउन माग गरेको कुरुम्बाङले फेसबुकमा प्रतिक्रिया लिएका छन् । प्रतिक्रियामा स्वास्थ्य मापदण्डमा कडाई गरेर निषेधाज्ञा लागु गर्ने र कतिले निषेधाज्ञा जारी राख्ने पनि फेसबुकमा प्रतिक्रिया दिएका छन । लकडाउन जारी राख्ने प्रतिक्रिया दिने विच कटाक्ष प्रतिक्रिया दिने पनि धेरै छन् । अधिकांशले निषेधाज्ञा कोभिड संक्रमणका लागि बिकल्प नभएको भनेका छन् । बाँकेमा शुक्रबार र शनिबार निशेधाज्ञा जारी रहेको छ । प्रजिअले निषेधाज्ञा हटाउने वा नहटाउने बारे छलफल भईरहेको जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर