डा. केसीका समर्थकमाथि प्रहरीको धरपकड (फोटो फिचर)
शनिबार, असोज १०, २०७७ मा प्रकाशित

चिकित्सा शिक्षामा सुधारको माग गरी सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार पनि माइतीघरमा प्रदर्शन भएको छ। युवाहरुले उनको सत्याग्रहको समर्थनमा माइतीघरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले केही प्रदर्शन कारीलाइृ नियन्त्रणमा समेत लिएको छ।

प्रदर्शनको तयारी गरिरहेका बेला युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो।  प्रदर्शनकारीले ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लगायत लेखेका प्ले कार्ड बोकेका थिए।

साभार : नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर