कर बुझाउन बाँके धाउन पर्दैन ! (भिडियो)
बिहिबार, असोज १५, २०७७ मा प्रकाशित

असोज १५, बर्दिया । बाँकेको नेपालगंजमा रहेको आन्तरिक राजश्व कार्यालयले बर्दियाको गुलरियामा कर सेवा कार्यालय स्थापना गरेको छ । चैत ४ गते स्थापना भएको कार्यालय चैत ११ गते सरकारले लकडाउँन जारी गरेपछि जुन रुपमा कार्यालय बिभिन्न किसिमका सेवा दिन पर्ने हो दिन सकेको छैन ।

कोरोना कहरको अबस्थामा बिभिन्न बाधा अडचन विच कर सेवा कार्यालयको सेवावाट सेवाग्राही लाभान्वित भएका छन् । करका कर्मचारी नै कोरोना संक्रमणमा परी केहि दिन कार्यालय बन्द पनि भयो ।

कर अधिकृत हुर्मत बहादुर मिजारको नेर्तत्वमा रहेको कर्मचारी टोलीले सेवा दिईरहेका छन् । मेन पावरको अभावका कारण जिल्ला स्थित उद्योग वाणिज्य संघले आफ्नो संघबाट कर्मचारी खटाएर कर कार्यालयले दिन सेवामा हातेमालो गर्दा करका सेवा वा काम सहज रुपमा भईरहेको छ ।

यस्ता बिभिन्न विषयलाई जोड्दै कर अधिकृत मिजारसँग फरक समाचार अनलाईनका संवादाताले गरेको भिडियो वार्ता ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय