९२ प्रतिशत गैरआवासीय नेपाली कोरोनामुक्त
सोमबार, असोज १९, २०७७ मा प्रकाशित

असोज १९, काठमांडौ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा संक्रमित नेपाली मध्य ९२ प्रतिशत कोरोनामुक्त भएका छन्।

गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना नेपाली कोरोनामुक्त भएका हुन्।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको  ज्यान गएको छ।

समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ।

समितिका संयोजक डा. संजीव सापकोटाका यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्बजनिक  स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ।

समितिका संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुको अर्को विकल्प नभएको हुँदा  सबैलाई माक्स प्रयोग गर्न र हात धुन आग्रह गरेका छन्। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर