विदेशको कमाईले स्वदेशमा उद्योग (भिडियो)
शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित

२२ असोज, बर्दिया । ठाकुरबाबा नगरपालिका घर भएका युवा उद्योगपति अशोक खड्का दुबईका चल्ती व्यावसायी तथा नेपाल जुस उत्पादक संघका केन्द्रीय महासचिव हुन् ।

रियल स्टेट देखि रेस्टुरेन्ट सञ्चालक उनी दुबईमा नाम र दाम दुबै कमाए । तर उनी सन्तुष्ट भएनन र आफनै ठाँउ केही गर्ने योजना बुने । तर एउटा उद्योग किनेर सञ्चालन मा ल्याउन कम्ता संघर्स गर्न परेन ।

अहिले उनी गुलरिया नगरपालिका वडा नं. ५ मा अल्फा इन्द्रष्ट्रीज प्रा. लि. स्थापना गरेर ९ किसिमका स्वादको १४ प्याकेजिङ्ग बजारमा ल्याएका छन् । सबै किसिमका फलफूल स्वादमा निकालिएको जुस बजारमा दिन प्रदिन बढ्दो माग छ ।

उनी करिब ७ करोडको लगानीमा स्थापित उद्योगले मुनाफा नकमाए पनि उनले आत्मसन्तुष्टि भएको सुनाए ।

गरे के हुदैन ? स्वदेशमै सबथोक हुन्छ। पछिल्ला उदाहरण हुन, मिहिनेती उद्योगी खड्का । नेपाली उद्योगीको रुपमा आफ्नो परिचय त फेरे नै संगै भारतबाट आउने जुसको एकछत्र साम्राज्य कम गर्न पनि उनको योगदान रह्यो ।

साथै उद्योग स्थापना पछि नेपाली उद्योगीका चुनौती र अवसरका साथै राज्यले विदेशी लगानी आकर्षित गर्न पर्ने योजनाका बारेमा तिनै उद्योगीको प्रेरणादायी भिडियो वार्ता ।

 

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय