सिएमसी प्रिमियर लिगको उपाधि राप्ती र्यापिड्सलाई
शनिबार, माघ २५, २०७६ मा प्रकाशित

चितवन, माघ २५ : राप्ती ¥यापिड्स प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार सम्पन्न अन्तिम खेलमा सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्तीले सो उपाधि हात पारेको हो ।

सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले १७ ओभर चार बलमा मात्र दुई विकेट गुमाउँदै पूरा ग¥यो । राप्तीको जीतमा कप्तान आकाश थापाले कप्तानी इनिङ खेले । उनले पहिलो विकेटका लागि साकार ढकालसँग ७७ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीले नै राप्तीलाई जीततर्फ डोहो¥यायो । आक्रमक ब्याटिङ गरेका थापाले ५७ बलमा ७४ रन बनाउनुभयो । उनले १० चौका र दुई छक्का प्रहार गरे ।

त्यसअघि ओपनर साकार ढकाल २७ बलमा ३२ रन बनाएर पेभिलियन फर्किर्नुभयो । हरिबहादुर चौहान १८ तथा भीम सार्की ११ रनमा नट आउट रहे । आक्रमक ब्याटिङ गर्नुभएका सार्कीले १७ औँओभरको तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गर्दै उत्कृष्ट फिनिस गरे । सौराहाका कुनै पनि बलर राप्तीका ब्याट्सम्यान माथि हावी हुन सकेनन् । सौराहाका आकाश चन्द र सुवर्ण थापाले समान ४–४ ओभर बलिङ गर्दै समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले २० ओभरमा चार विकेट गुमाउँदै १३९ रन बनाएको थियो । खेलमा सौराहाले पनि राम्रो शुरुआत गरेको थियो । ओपनरद्वय रित गौतम र राजेश ढकालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गगरे । रित १७ बलमा चार चौकाप्रहार गर्दै १९ रन बनाएर आउट भए । राजेशले ४८ बलमा सात चौका प्रहार गर्दै ५१ रन बनाए ।

यस्तै प्रशान्त महत ३४ बलमा ३६ तथा आकाश चन्द आठ बलमा सात रनमा नट आउट रहे । राप्तीका कमल थापाले दुई विकेट लिए । उनले चार ओभरमा ३० रन खर्चिए । खेलको चितवन टाइगर्स म्यान अफ दी म्याच राप्तीका कप्तान आकाश थापा घोषित भए । उनले दुई हजार प्राप्त गरे ।

विजेता बनेको राप्तीले दुई लाखसहित ट्रफी र मेडल पाएको छ भने उपविजेता बनेको सौराहाले एक लाखमा चित्त बुझाएको छ । उता राप्तीका हरि बहादुर चौहान प्लेयर अफ दि सिरिज घोषित भने । उनले १० हजारसहित ट्रफी प्राप्त गरे ।

उनले सिपिएलमा १३१ बलमा १५३ रन बनाएका थिए भने १९ ओभरमा एक मेडन राख्दै ९० रन खर्चिएर महत्वपूर्ण पाँच विकेट लिनुभएको थियो ।यस्तै राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगिता भर १३ ओभर पाँच बल बलिङ गर्दै ७६ रन खर्चिएर नौ विकेट लिए । प्रतियोगिता भर ७३ बलमा १३१ रन बनाएका राप्तीका भीम सार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए । राप्तीकै कप्तान आकाश थापा उत्कृष्ट अलराउण्डर घोषित भए । उनले प्रतियोगिताभर ९४ बलमा १२२ रन बनाउनुका साथै १९ ओभरमा महत्वपूर्ण आठ विकेटसमेत लिए । उहाँहरूले जनही चार÷चार हजारसहित ट्रफी प्राप्त गरे ।

उहाँहरूलाई वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदी र राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं चितवन टाइगर्सका मार्की प्लेयर सोमपाल कामीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका तीनखेलाडी नेपालकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनोट भएका छन् । प्रतियोगिताका उत्कृष्ट अलराउण्डर राप्तीका कप्तान आकाश थापा, उत्कृष्ट बलर भरतपुर गुर्खाजका कृजन गुरुङ र सौराहाका राजेश ढकाल चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनोट भएका हुन् । यस्तै भरतपुर गुर्खाजका काप्तान संघर्ष पौडेल वैकल्पिकमा परेका छन् ।

यसैबीच आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान राजु खड्कालाई चितवनको क्रिकेट क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

समापन समारोहमा नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले सिपिएलको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको बताए । माघ १७ गतेबाट शुरु भएको प्रतियोगीतामा जिल्लाका पाँच टिमहरू भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती ¥यापिड्स, इच्छाकामना वारीयर्स र माडी टाइगर्स सहभागी थिए । नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा सम्पन्न सिपिएलको सहआयोजकमा चितवन क्रिकेट संघ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय