लेखकद्वय डा दुलाल र शेर्मा पुरस्कृत
सोमबार, माघ २७, २०७६ मा प्रकाशित

फिदिम, माघ २७ : साहित्यकार एवं राजनीतिज्ञ अमरकुमार नेम्वाङको स्मृतिमा स्थापित ‘अमर नेम्वाङ लिम्बू स्मृति पुरस्कार’बाट लेखकद्वय डा देवी क्षेत्री दुलाल र मुनाराज शेर्मा पुरस्कृत भएका छन ।

नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा अमर नेम्वाङ लिम्बू स्मृति ट्रष्टले नेम्वाङको जन्मथलो पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा आइतबार आयोजना गरेको कार्यक्रममा पाँचथर घर भई इलामलाई कर्मथलो बनाउनुभएका उपन्यासकार एवं साहित्यकार डा दुलाल र झापाका कवि तथा समालोचक शेर्मालाई जनही ५० हजार राशिको उक्त पुरस्कार तथा सम्मानपत्रले पुरस्कृत गरिएको हो ।

सोही अवसरमा ट्रष्टले फाल्गुनन्द गाउँपालिका–३ का दुई विद्यालयलाई ५० हजारका दरले सहयोग प्रदान गरेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव डा तुलसीप्रसाद भट्टराईले उहाँहरूलाई पुरस्कार वितरण गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय