मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित

फाल्गुन ४,(फरक समाचार)/ भक्तपुरमा वासिङ मेसिनभित्र परेर एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका– ५ कटुञ्जेस्थित चुनदेवीमा रहेको लाइभ स्टार कपडा वासिङ सेन्टरको वासिङ मेसिनमा परेर घाइते भएकी महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका– ९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने ३८ वर्षीया कमला केसीको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार केसी वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा अचानक वासिङ मेसिनभित्र घुम्ने फलामको रड परेकी हुन् ।

रडमा परेर घाइते भएकी कमलालाई तत्काल उपचारको लागि मध्यपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।पूर्बेली न्यूज़बाट

प्रतिक्रिया

सम्बन्धित खवर