व्यबसायिक क्षेत्रका चम्किला ताराको अवसान
शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित

समय समयमा गरेका पून्य कामले अमर रहने्छन गुप्ता अंकल

बर्दिया,फागुन २१ (फरकसमाचार) जन्म पछि मृत्यु निश्चित र सत्य हो । कतिपय कुरा मृत्यु पछि अमरहन्छ । पुन्य कामले मानिसलाई सधै जिवित राख्छ । घासीले घास बेचेर कुवा खनाए । जन्मेर सामाजिक उत्तर दायित्व बहन गर्ने एकदमै कमै मानिसले गर्ने पून्य कृतिले उसको नाम सधै जिवित नै रहन्छ । यस्तै–यस्तै सोचका धनि त्यस्ता व्यक्ति जसको सधै नाम अगामी पुस्ताले लिईरहन्छन् । मरेपछि अमर रहनको लागी पून्य कृति गर्न पर्ने कुरा सर्वबिदितै छ । यस्तै सदरमुकाम गुलरियाका सफल व्यवसायी नन्द किशोर गुप्ताको निधनले गुलरिया बजार स्तव्ध बन्यो । अधिकांस व्यबसायिको अनुहारमा कालो बादल मडारियो । सबै स्तव्ध भए । सबै रोए ।

असल कामको गुनगान गाउँने धेरै भेटिए । उनले दिएको माया र स्नेह सधै जिवन्त रहनेछ । पुन्यकाम गर्न भ्याएका सफल व्यवसायी गुप्ताको बैकुण्ठ वास होस् । मृत्युको तीन दिन यता व्यबसाय क्षेत्रका चम्किला तारा गुप्ताले गरेका पुन्य कामको चर्चा चल्न थालेको छ । हुन त भन्छन् । मृत्यु पछि बखान हुन्छ । बाचुन्जेल बखान गर्ने कोहि भेटिदैन । तर पनि असल मित्र, शुभचिन्तक, आफन्त र साथीभाईलाई गुप्ताको अवसानले यतिखेर सवैलाई झस्काईरहेको छ । मानिस जति सरल हुन्छ । अफ्ठ्याराका चाङ पनि हुन्छन् । त्यस्तै अफ्ठ्यारा बिच बाच्न पर्दाको पिडामा कति समय मानिस बाच्न सक्ला र मानिस ? तै पनि गुप्ताले असल नियतले गरेका कामको अहिले अवसानको बखतमा पनि उनको नाम लिने प्रशस्तै भेटिए । गुप्ता दाईको निधनले स्तव्ध भएको स्थानीय तथा अहिले राजापुर नगरपालिकाको कार्यकारी धर्मराज न्यौपानेले बताए ।

कुनै अफ्ठ्यारो अवस्थामा मलाई सम्झिने एक असल अभिभावक गुप्ता दाई भएको भन्दै उनले स्मरण गरे । कुनै बेला चितवन अस्पतालमा अफठ्यारो अवस्थामा हुदा उँहाको सम्झना कहिल्य भुल्न सक्दैन । मानिस जन्मे पछि मृत्यु सत्य कुरा कसैले रोक्न नसक्ने भन्दै उनले गुप्ताको मायालाई सम्मान र सम्झना गरे । ८ महिना कोरोना संक्रमणको बेला साथी भाईसँग रमाउँने गुप्ता घरमै बस्नु पर्ने अवस्था भयो ।

कोरोना त्रासले आउँ जाउँ मानिसको पातलियो । संक्रमणको अवस्थामा स्वास्थ्य सुधार भएन । बिग्रदै गयो । व्यबसाय पृष्ठ भुमिका गुप्ता पक्कै व्यबसाय ओरालो लाग्यो होला । विभिन्न बाधा अडचनका बिच भौतिक शरिरलाई छोडेर जानु पर्ने भयो होला । तर उनले विभिन्न समयमा समाजमा देखाएका भावनात्मक सम्बन्ध भने जिवन्त रहनेछ । उनलाई सम्झिएर रुने मानिस कमि कहिल्य हुने छैन । सवैको माया उनी प्रति सधै नै रहिरहने छ । गुप्ताको अल्पायुमा भएको निधनले दुःखी तुल्याएको छ ।

अलविदा गुप्ता अकंल । हार्दिक श्रद्धाञ्जलि
प्रकाशक/सम्पादक
फरक समाचार दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय