संरक्षणकर्मीको सम्मानमा गर्वित भएको मेरो छाती
शनिबार, चैत २१, २०७७ मा प्रकाशित

 

रमेश थापा

पूर्व वार्डेन एवं उज्यालो नेपालका निवर्तमान अध्यक्ष

एकाबिहानै एकजना अग्रज मित्रले फोन गरेर के हो खुसीको खबर सुनियो नि भन्नु भयो । मैले के खबर हजुर भनेर प्रश्न गरें । वहाँले के हो गोप्य राख्ने बिचार हो रु भन्नु भयो । म झस्किएँ । मैले होइन हजुर कुरा नबुझेर हो भन्ने जवाफ दिएँ । वहाँ हा हा गर्दै हाँस्न थाल्नु भयो । खुसीको खबर को संग सम्बन्धित हो भन्ने मैले आंकलन गर्नै सकिन । तर मैले आफुसंग सम्बन्धित रहेर अनुमान केलाउन थालें । साँच्चै कसैलाई नभनिकन गोप्य राखिएको एउटा सानो घटना थियो । मैले त्यसैको पोल खुलेको अनुमान गरेँ । अनि सोधें अहो हजुर १ कसरी थाहा पाउनु भयो रु वहाँले भन्नु भयो हाम्रा पनि शुत्र छन नि मित्र । म फेरी अवाक भएँ । अनि मैले प्रष्ट कुरा राख्न अनुरोध गरें । वहाँ मेरो कुराहरुमै खेल्ने प्रयास गर्नु भयो । कसरी थाहा पाउनु भयो भनेर सोधिसकेपछि फेरी कुरा बङ्ग्याउने रु हा हा हा गर्नु भयो । म कायल भएँ । अनि हो हजुर भनेर जवाफ दिएँ । फेरी वहाँले प्रश्न गर्नु भयो, अरु को को रहेछन रु फेरी म अत्तालिएँ । मैले सोधें हजुर प्रसंग के हो रु वहाँले प्रतिप्रश्न गर्नु भयो, हो भनेको के त रु म कायल हुँदै लुकाएर राखेको एक थान गोपनियताको पोल खोल्न बाध्य भएँ । मैले आफ्नो पोल खोलिसकेपछि वहाँले बिषय म संग सम्बन्धित नरहेको स्पष्ट गर्नु भयो । मैले खास कुरा के रहेछ भन्ने बुझ्न आतुरता देखाएँ । वहाँले भन्नु भयो बाबु कृष्ण जर्साव राष्ट्रपति चुरेको सदस्य नियुक्त हुनभयो रे नि । वास्तवमा मैले हल्का चर्चा चाहिं सुनेको थिएँ तर निर्णय भएको थाहा थिएन । मैले सुखद समाचारका लागि वहाँलाई धन्यवाद टक्राएँ अनि हतार हतार समाचारको सत्यता जाँच्न थालें । ब्यहोरा सहि हो तर निर्णय आज हुने हो भन्ने आधिकारीक खबर पाएपछि मन प्रशन्न भयो ।

बाबुकृष्ण कार्की सरसंग मेरो भेट बर्दियामा नै भएको हो । पहिलो पटक वहाँ शिवदल गुल्मको गुल्मपति भएर आउँनासाथ वहाँले देखाएको सक्रियता देखेर मैले ूनमच्चिने पिङ्गको सय झड्काू होला भन्ने आंकलन गरेको थिएँ । पहिलाका गुल्मपतिहरुसंग मेरो त्यति गहिरो हेलमेल हुन सकेको थिएन । बाबुसर भन्दा पहिला पदम कुमार राई गुल्मपति हुनुहुन्थ्यो । वहाँ हामी संगसंगै गस्तिमा हिंड्ने गर्नुहुन्थ्यो । रातदिन नभनि जतिबेला पनि गस्तिमा हिंड्न तम्तयार हुनुहुन्थ्यो । वहाँ युरीक एसिडको बिरामी हुनुहुन्थ्यो । खुट्टा सुन्निएर जुता लगाउन नमिल्ने भए पनि खाली खुट्टा गस्ति हिंड्नु हुन्थ्यो । बर्दियामा साईकिल चढेर पोष्ट निरीक्षण गर्न पुग्ने पहिलो ब्यक्ति हुनुहुन्छ । ठाकुरद्वाराबाट कर्णाली चिसापानी र रम्भापुर सम्म साईकिल चढेर पुग्नु हुन्थ्यो । त्यतिबेला ब्यारेकमा एउटा थोत्रो जिप्सी जीप र निकुञ्जमा पुरानो १०५ नंबरको गाडी मात्र चालु अवस्थामा थिए।

बाबु सरसंग भेट भयो कि, के काम गरौं रु कहाँ जाउँ रु कसरी काम गरौं रु भनेर पटक पटक सोधिरहनु हुन्थ्यो । मलाई एकजना गेमस्काउट दिनुहोस अरु काम म गरिहाल्छु भन्नु हुन्थ्यो । हुन पनि जिम्मा दिएको काम तुरुन्त फत्ते गरिहाल्नु हुन्थ्यो वहाँले । म योजना फाँटको रेञ्जर थिएँ । केहि कुराको चाँजोपाँजो मैले मिलाइदिन्थें । नरेश सुबेदी र अशोक भण्डारी अनि गेमस्काउट राम कुमार यादव ९ राम बिलास भनेर चिनिन्थ्यो० बाबुसरका टोलीका सक्रिय सदस्य थिए । दिन रात, झरी बादल, भोक निद्रा केहि नभनीकन वहाँहरुले काम गर्नु हुन्थ्यो । त्यतिबेला बि।आइ।सि।पि। भन्ने डब्लु।डब्लु।एफ।को प्रोजेक्ट थियो । प्रोजेक्टमा कार्यरत सि।पि। भण्डारी प्रोजेक्टका कर्मचारी भएता पनि निकुञ्जका कर्मचारी सरह नै गस्तिमा हिंड्ने गर्नुहुन्थ्यो । गाडी चलाउन जान्ने भएकोले रातीको गस्तीमा प्रायः डा। शान्तराज ज्ञवाली सर र सि।पि।भण्डारीले नै गाडी चालकको भूमिका निर्वाह गर्नुहुन्थ्यो ।

शिवदल गणको गुल्मपतिका हैशियतमा बाबु सरले साँच्चै निकुञ्ज सुरक्षार्थ सेना खटाएको मर्म अनुरुप काम गरेर देखाउनु भयो । एकदिन बाबु सर,नरेश सुबेदी, अशोक भण्डारी,सि।पि।भण्डारी र म सहितको टोली कैलाली जिल्लाको धनगढी पुगेर एउटा बाघ सम्बन्धी अपरेशन सफल पारेर फर्कियौं । बाबुसरले ब्यारेकमा नै खाना खाने प्रस्ताव गर्नु भयो । हाम्रो टोली धनगढीबाट फर्केर ब्यारेकमा बसेका थियौं । बगनाहा तिर एउटा शिकारी टोली सक्रिय रहेको सूचना प्राप्त भयो । बाबुसरले तुरुन्त अपरेशन गर्ने मनसाय राख्नु भयो । जुन ठाउँमा शिकारी टोली छ भन्ने खबर आएको थियो त्यो ठाऊँमा एक हप्ता अगाडी नरेश सुबेदीले ूमुर्ख अपरेसनू गरेर बाघको छाला सहित मान्छे समात्नु भएको थियो । बगनाहामा बाघको छाला बिक्री गर्न भनी घरमा राखेको छ । ग्राहक खोजी गरिरहेको छ भन्ने सूचना थियो । त्यतिबेला अरु बाटोघाटो बनेको थिएन । बगनाहा पुग्नका लागी भुरीगाउँबाट कच्ची बाटो मात्र थियो । त्यो बाटो भएर निकुञ्जको गाडी हिंड्यो भने अपरेसन सफल नहोला भनेर हामी केहि जना गाडी सहित नेपालगञ्ज पुगेर गुलरीया, ताराताल हुँदै शाहीपुर पुग्ने, यता नरेश सुबेदी मोटरसाइकलमा गएर बाघको छाला हेर्ने, साँच्चै बाघको छालाको ब्यापार गर्ने वा बाघको छाला राख्ने मानिस फेला परेमा मेसो मिलाएर पक्राउ गर्ने योजना बन्यो । म लगायत करीब ८ जनाको टोली नेपालगञ्ज भएर शाहीपुर स्थित वन कार्यालयमा पुग्दा नरेश सुबेदी अगाडी नै त्यहाँ पुगेर बसिरहनु भएको थियो । के भयो रु भनेर हामीले सोध्यौं । काम भैसक्यो भनेर नरेशले जवाफ दिनु भयो । नरेश एक्लैले त्यो ब्यापारीलाइ बाघको छाला सहित समातेर वन कार्यालयको कोठामा ल्याई थुनेर राख्नु भएको रहेछ । त्यो केशमा पोलिएका केहि मान्छेहरु हामीलाई फसाउने, बदला लिने योजनामा रहेको सूचना हामीले पाएका थियौं । त्यसकै आधारमा मैले त्यो दिनको अपरेसन स्थगन गर्ने प्रस्ताव गरें ।

साँझको सामुहिक खानाको समयमा बाबुसरले निकै मार्मिक कुरा ब्यक्त गर्नु भयो । अधिकृत, पदिक लगायत त्यहाँ उपस्थित साथीहरुलाइ शम्बोधन गर्दै भन्नु भयो ू यो हरियो चुस्ता, यो बुट, यो थालको भात यो सबै वन मन्त्रालयको पैसा हो । वन मन्त्रालयले सेना भए पछि वन्यजन्तु संरक्षण हुन्छ, चोरीशिकार रोकिन्छ , अबैध गतिबिधि रोक्न सेना सक्षम छ भन्ने बिश्वास गरेर हामीलाई यो बजेट र जिम्मेवारी दिएको हो । हामीले यो बिश्वासलाइ पुष्ठी गरेर देखाउनु छ । यो कुरा पुष्ठी गर्न म अहोरात्र खट्न तयार छु । मलाई साथ दिने कि नदिने रु भनेर सोध्नु भयो । सबैले साथ दिने सर १ भनेर एक स्वरमा आवाज थपे ू । साँच्चै त्यसपछि शिवदल गुल्म दिनरात, झरी बादल, घाम पानी नभनिकन संरक्षणको अभियानमा होमियो । जसको फलस्वरुप निकुञ्जको सुरक्षा अत्यन्त प्रभावकारी भएर गयो । नेपालको इतिहाँसमा पहिलो पटक नेपाली सेनाले ूअब्राहम कञ्जरभेसन अवार्डू पाउन सफल भयो ।

त्यसपछिका दिनमा पहिला गुल्मपति र फेरी गणपति भएर आउनु भएका सुदिप के।सि।सर, गणपति अशोक राज सिग्देल क्षत्री सर, गणपति प्रकाश देउजा सर र गणपति राजेन्द्र पन्त सर भएका बखत वन्यजन्तु संरक्षण, चोरीशिकार नियन्त्रण र अबैध ब्यापार नियन्त्रणको क्षेत्रमा धेरै नै उल्लेखनीय कामहरू गरियो । वहाँहरुलाइ निकुञ्जको सिमाना र अधिकार क्षेत्रको बन्धनले छेक्न सकेन । वहाँहरु वन्यजन्तु संरक्षण र वन्यजन्तु सम्बन्धी अपराध नियन्त्रणका लागि युनिफर्म बिना धेरै अपरेसनमा सरीक रहनु भयो । कतिपय अवस्थामा धेरै गम्भिर अवस्थाको सामना पनि गर्नु पर्यो तर पनि वहाँहरुको अबिचलित समर्पण रहिनै रहयो । बर्दियामा चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानका सस्थापक अभियन्ता मध्ये प्रकाश देउजा सर पनि एक हुनुहुन्छ । राजेन्द्र पन्त सर गणपति भएका बखत अपरेसन अधिकृत रहनु भएका मेजर जनक शिलवाल र मेजर बिनोद निरौला, मेजर साकार सिं बस्नेत र क्याप्टेन भीम अधिकारीको संरक्षणमा सफलताका सिंढी निर्माण गर्न उल्लेखनीय योगदान रहेको छ । आजको दिनमा म वहाँहरुप्रति सादर सम्मान ब्यक्त गर्न चाहान्छु ।

म पछिल्लो पटक बर्दियामा कार्यरत रहँदा शिवदल गण धनगढीबाट सरुवा भएर बर्दिया आयो । वास्तवमा पुरानो सम्बन्धले मलाई शिवदल गणसंग सजिलै आत्मियता जोडिदियो । गणपति टेक बहादुर चन्द सरसंग मेरो भावना मिल्यो । केहि राम्रो गरेर देखाउने आत्म बिश्वासका साथ गणपतिज्यू प्रस्तुत हुनुभयो । हामीले गणलाइ तालीम र अन्य सरसहयोगमा कुनै कमि हुन दिएनौं । वास्तवमा शिवदल गणले अहोरात्र खटेर नमूना काम गरिरहेको थियो । यसै बीच मैले जागिरबाट राजीनामा दिएर सेवा निबृत्त भएँ । टेक बहादुर चन्द कर्साव पनि सरुवा भएर जानु भयो । अणनाथ बराल सर बर्दियामा प्रमुख संरक्षण अधिकृत भएर आउँदा म पनि संगै आएको थिएँ । मेरो बीच बीचमा आउने जाने क्रम चलिरहेको थियो । शिवदल गणको गणपतिमा चन्द्र प्रसाद चापागाई आउनु भएको रहेछ । शुरुका दिन देखि अपरेसन अफिसरको रुपमा काम गरेका क्याप्टेन प्रेम खत्री र क्याप्टेन लेखनाथ लामीछानेको सक्रियतामा कुनै कमि आएको थिएन । चन्द्र प्रसाद चापागाई गणपति भएका बखत शिवदल गणको काम अत्यन्त चुस्त, दुरुस्त रहेको थियो । गणपति आफै राती गस्ती टोली लिएर निस्कनु हुन्थ्यो । म धेरै बर्ष बर्दियामा बसेको र संबेदनशिल नाका अनि ठाउँहरुका बारेमा जानकारी भएका हिसाबले सेवा निबृत्त भैसकेपछि पनि म अणनाथ बराल सर र चन्द्र चापागाई सरसंगका अपरेसनहरुमा संलग्न रहने अवसर पाएको थिएँ ।

शिवदल गण बर्दियामा रहेका बखत गणपति चन्द्र चापागाईले गणको बार्षिकोत्सवका अवसरमा भव्य कार्यक्रमको आयोजना गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि शिवदल गणका कर्णेल कमाण्डान्ट ९बिशेष अधिकृत० बाबुकृष्ण कार्की सर हुनुहुन्थ्यो । म सहभागि भएका बार्षिकोत्सवहरु मध्ये यो नै बिशेष र भब्य कार्यक्रम थियो । जिल्लाका सबै तह र तप्का अनि स्थानीयको भब्य सहभागिता साँच्चै प्रसंसा गर्न लायक नै थियो त्यो कार्यक्रम । सेनाबाट यस किसिमको समन्वय, सहकार्य र हार्दिकता अनि सबैको मन जित्ने ब्यवहार मैले पहिलो पटक अनुभव गर्ने अवसर पाएको थिएँ । त्यस भन्दा पहिला पनि कर्णेल चन्द्र चापागाईले जिल्ला भरका सेवानिबृत्त नेपाली सेनाको भेला आयोजना गर्नु भएको थियो । जिल्लाभरबाट आएका करीब २५० जना सेवा निबृत्त नेपाली सेनाहरुलाई पहिलो पटक गणमा आमन्त्रीत गरेर संरक्षणमा सहयोग गर्न अनुरोध गरिएको थियो । बर्दियाको संरक्षणको इतिहासमा यो पनि एक कोषेढुङ्गा हो भन्दा फरक पर्दैन । यो कार्यक्रममा पनि बाबुकृष्ण कार्की सर प्रमुख वक्ताको रुपमा सहभागि रहनु भएको थियो । यस्ता संरक्षणलाई जीवन्त बनाउन योगदान गर्ने कार्यक्रम आयोजना गरेर जनताको मनमा रमाउन सफल चन्द्र चापागाई सर जहाँ भए पनि वहाँप्रति मेरो सम्मान र श्रध्दा रहेको छ ।

बाबुकृष्ण कार्की सर १ तपाइले बगाएको पसिनाको गन्ध आज सम्म पनि बर्दियाको माटोले बिर्सेको छैन । यहाँका मानिसको बोलीमा, ब्यवहारमा, सम्झनामा तपाइका प्रतिबिम्बहरु झल्किरहेका हुन्छन । तपाइ हिंडेका पाइलाहरु पछ्याउदै संरक्षणको गोरेटोमा लामबध्द हजारौं नेपाली सेना, निजामति कर्मचारी र स्थानीय समुदायले संरक्षणको इतिहासमा एउटा अकल्पनीय सफलताको शिखर चढ्न सफल भएका छन बर्दियामा । नपत्याए फर्केर हेर्नुसन १२ बर्ष भयो बर्दियामा गैंडाको चोरीशिकार सून्य भएको । आज बाबुकृष्ण सरलाई सरकारले राष्ट्रपति चुरे तराइ मधेश संरक्षण बिकास समितिको सदस्यमा नियुक्त गरेको छ । यो सबै संरक्षणकर्मी र संरक्षणप्रेमी नेपालीका लागि गौरबको बिषय हो । आगामी दिनमा पनि संरक्षणमा पसिना बगाएका, पैताला खियाएका अनि मन र मुटुमा वन, वन्यजन्तु र प्रकृति माताको माया बोकेर योगदान गर्ने संरक्षणकर्मीहरुलाई राज्यले सम्झियोस, योगदानको कदर गरोस र सम्मान दिन सकोस यहि कामना छ । प्रकृति माताले हाम्रो प्यारो संरक्षणकर्मी बाबुकृष्ण कार्की सरलाइ आफ्नो जिम्मेवारी सफलतापूर्वक बहन गर्ने क्षमता प्रदान गरुन । जय संरक्षण, जय प्रकृति माता ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय