‘मिर्मिर कपालैमा’ लिएर आए घोरासैनी
मङ्गलबार, फागुन ०६, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन ६ : गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई ‘कमब्याक’ गराउनुभएको छ । गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत संगीतमा कम्ब्याक गराएका हुन् । आफ्नै शब्द, स्वर र संगीतमा उनले ‘मिर्मिर कपालैमा’ ल्याएका हुन् ।

‘मिर्मिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिएका छन् । गीत अत्यन्तै गलितो बनेको घोरासैनीले बताए । ‘लामो समयको अन्तरालपछि ‘मिर्मिर कपालैमा’ ल्याएर आएको छु’, उनले भने, ‘गीत संगीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि ‘मिर्मिर कपालैमा’ ल्याएको छु ।’

यसअघि घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो…’ बोलको गीत ल्याएका थिए । त्यसबेला यो गीत लोकप्रिय भएको थियो । उनले थुप्रै गीतहरूमा स्वर पनि दिए तर उनको ‘घुम्तीनेर भेट भयो’लाई अरु गीतले उछिन्न सकेन । उनले ‘घुम्तीनेर भेट भयो’ बोलको गीतकै मिठासमा ‘मिर्मिर कपालैमा’ गीत ल्याएका छन् । काँठे भाकाको ‘मिर्मिर कपालैमा’लाई घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गरे ।

गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन् । एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गरेका छन् । गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय