क्रिकेट खेल सामाग्री हस्तान्तरण
मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, बैशाख १४ / बेलायतबाट प्राप्त क्रिकेट खेलका सामाग्री खेलाडीहरुलाई आईतबार हस्तान्तरण गरिएको छ । बेलायतको क्रिकेट काइन्डनेश प्रोजेक्टकी संस्थापक तमारा लोले खेल सामाग्री बर्दिया युवा उन्मुख समाजलाई उपलब्ध गराएको हो ।

प्राप्त सामाग्री बर्दिया युवा उन्मुख समाजसंग आबद्ध रहेका खेलाडीहरुलाई हस्तान्तरण गरिएको छ । सामाग्रीमा ब्याट ६ पीस, बल एक दर्जन भन्दा बढि, प्याड १२ पीस, हेलमेट १२ पीस, ग्लोब्स १२ पीस, केही जर्सीलगायतका सामाग्री हस्तान्तरण गरिएको छ । युवा समाजले क्रिकेट खेलाडीहरुलाई प्रोत्साहन गर्न समय समयमा क्रिकेट प्रतियोगिता गराउदै आएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कृत गरी खेलाडीको मनोबल बढाउने कार्य युवा समाजले गर्दै आएको छ ।

जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष तथा प्रदेश क्रिकेट संघका सदस्य विनयराज भण्डारीको प्रमुख आतिथ्यतामा खेल सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा भण्डारीले युवा समाजले गरेको काम सराहनिय रहेको बताए । यस संस्थाले उत्पादन गरेको खेलाडीलाई जिल्ला क्रिकेट संघले अगाडि बढाउने बताए । क्रिकेट खेलमा महिला खेलाडीको सहभागिता न्युन हुँदै गएकोले महिला खेलाडीहरुलाई सहभागि गराउन सुझाव संस्थालाई दिएका थिए । भण्डारीले खेलको साथै पढाईलाई पनि अगाडि लाग्न खेलाडीहरुलाई आग्रह गरेका थिए ।

युवा समाजका अध्यक्ष हिमान्सु पोखरेलले साना भाईहरुले क्रिकेट खेल प्रति आकर्षण देखाएको कारणले टीम बनाएर संस्था स्थापना गरेको बताए । खेलका सामाग्रीको अभावमा खेलाडीहरुले खेल खेल्न नपाएको देख्दा साह्रै दुख लागेको  उनले बताए । टुटेको ब्याट र कभर नभएको बल खेलेको पोखरेल देखे । यो अवस्थालाई हटाउन संस्था स्थापना गरी बेलायतको क्रिकेट काइन्डनेश प्रोजेक्टलाई पत्राचार गरेको बताए । पोखरेलले गरेको पत्राचार अनुसार प्रोजेक्टकी तमारा लोले खेलका सामाग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र (मंगल) पाण्डे, गैर सरकारी संस्था महासंघका अध्यक्ष विष्णु तिमिल्सिना, समाजसेवी शुभाष पोखरेल, बर्दिया युथ ब्ल्याकबक क्ल्बका अध्यक्ष तथा युवा व्यवसायी विमल  केसी र खेलाडीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय