आईसीयु बेड खरिद गर्न आर्थिक सहयोग
सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित

बर्दिया, जेठ ३१ (फरकसमाचार) / मिचिगनमा बसोबास गर्दै आएका ६ परिवारले ठाकुरबाबा नगरपालिकाको रानीपुरमा सञ्चालन गरेको कोभिड अस्पतालको लागि ३ वटा आइसीयु बेड खरिद गर्न आर्थिक सहयोग गरेको छन् ।

ठाकुरबाबा नगपालिका घर भई हाल अमेरिकाको मिचिगनमा बस्ने छबिलाल लामिछानेको नेतृत्वमा १२ लाख ५५ हजार ५० रुपैया सहयोग कोभिड अस्पतालमा आएको हो ।

सहयोग गर्नेमा ठाकुरबाबा नगरपालिका– १ का छबिलाल लामिछाने र यसोदा लामिछानेले ६ लाख ११ हजार ४ सय रुपैया, वडा नम्बर ८ का देबिराम शर्मा र रमा कुमारी शर्माले १ लाख १३ हजार रुपैया, वडा नम्बर ३ की दिपा शर्माले पनि १ लाख १३ हजार रुपैया सहयोग स्वरुप उपलब्ध गराएका हुन् ।

यस्तै ठाकुरबाबा नगरपालिका–७ का जोहन ढकाल र रचना ढकालले २ लाख ८२ हजार ५ सय रुपैया, वडा नम्बर २ बलातिका टिका गौतम र गोमा गौतमले १ लाख १३ हजार, वडा नम्बर ७ का भुपेन्द्र ढकाल र प्रसंसा ढकालले २२ हजार ६ सय रुपैया प्रदान गरेका हुन् ।
उनीहरुका अभिभावकले सो रकम ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।


नगर प्रमुख श्रेष्ठले सहयोगीका परिवारलाई कोभिड अस्पतालमै खादा ओढाएर सम्मान गरेका थिए ।

कोरोनाको दोस्रो लहरसंगै संक्रमित बढ्न थालेपछि नगरपालिकाले आस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो । त्यसमा विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय