लगातार पानी पर्दा निद्रा बिथोलिन्छ’

असार ०४, २०७८

फरकसमाचार


२०७१ सालको बबई नदीको बाढीले बगाएर गुलरिया ५ रामपुरटप्पर गाउँ देखाउँदै एक स्थानीय । फाईल तस्बिर ।

बबई नदीको त्यो त्रासदि

बर्दिया, असार ४(फरकसमाचार)

२०७१ साल असार अन्तिम साता तीन दिन लगातार पानी प¥र्यो । असार २९ गते बबई भेल बस्ती पस्यो । गुलरिया, मधुवन र बारबर्दिया नगरपालिका अधिकांश गाउँमा बबई नदीले ताण्डव मच्यायो । तटबन्ध भत्काएर गुलरिया नगरपालिका रामपुर टप्पर गाउँ नै बगायो । एकै गाउँका ६ जना बाढीले बगायो । बबई नदी तटिय क्षेत्रबाट बाढीमा फसेका ५४ जनालाई सुरक्षकर्मीले उद्धार गरेका थिए ।

यतिबेला असार सुरुसँगै बर्षा भईरहेको छ । बर्षाको कारणले बबई नदीमा जलस्तर बढिरहेको छ । फरक समाचार संबाददाता २०७१ र २०७४ सालमा बाढी विस्थापित भएको राम नारायण सारुले भेट्न जाँदा उनले भने,‘लगातार पानी पर्दा निद्रा बिथोलिन्छ,२०७१ र २०७४ मा आएको बाढी त्रास आँखा वरीपरि नाच्छ । ’

लगातार भईरहेको बर्षाले गुलरिया, बारबर्दिया, मधुवन र बाँसगढि नगरपालिका सहित यतिबेला जलमग्न छ । तर, कर्णाली नदी अव्यस्थित गरी गरिएको तटबन्धको कारण राजापुर बजार देखी छेउछाउँका बस्ती बाढी पस्ने हो कि भन्ने जोखिम बढेर गईरहेको छ । यतिबेला बबई नदी भने कन्ट्रोलमा छ ।

चुरेक्षेत्रमा अत्याधिक बर्षा भएकाले जलस्तर बढेको छ । सुर्खेत र दाङ लगायतका ठाउँमा भारी वर्षा भएका बाढी आउँने सकेत पूर्वाअनुमाान गरिएको छ ।
२०७१ सालको बाढीमा एक हजार घर डुवानमा ३४ जना बाढीमा बगेको स्थानीय प्रशासनको उल्लेख छ । गुलरियाको वालापुर, सन्तोषी टोल र पशुहाटबाट बबई नदि पसे पछि गुलरिया अधिकांश भाग डुवेको थियो ।

२०७४ सालमा बाढीले निरन्तरता दिदा सयौ घर परिवार घर विहिन भएका थिए । भारतीय पक्षले सीमा क्षेत्रका बाध बन्द गरिदिदा नेपालको भूमि डुवान पर्ने गरेको स्थानीय बताउँछन् ।

‘भारतीय पक्षले जलस्तर बढ्दै गएमा बाध बन्द गर्छ’थपुवाका राम बहादुर चौधरीले भने,‘जलस्तर बढ्दै गयो भने भारतीय पक्षले बाध बन्द नेपाली भुभाग डुवान र कटान गर्छ ।’बर्दियाको अधिकांश भाग डुुबानमा पर्ने कारण भारतीय पक्षले निर्माण गरेको गोपिया र गिरिजापुरी बाध हो ।


तटबन्ध सम्पन्न भएपनि ज्यान जोगाउका नदी तटिय क्षेत्रमा पर्ने बस्तीका रातभर जाग्राम बस्नु पर्ने बाध्यता भएको उनले सुनाए । यति बेला बबई नियन्त्रणका बबई भादा र औरहि नदी नियन्त्रण व्यबस्थापन ११ किलोमिटर तटबन्ध सम्पन्न भईसकेकोले बबई बस्ती पस्न नसक्ने स्थानीयले आँकलन गर्छन् ।

करिब ४ किलोमिटर तटबन्ध निर्माण कार्य अन्तिम चरणमा छ । ‘दैव निर्दयी भएमा मानव निर्मित तटबन्ध के रहला’उनी भन्छन्‘धमाधम गरिएको तटबन्ध निर्माणले आशाको त्यान्द्रो जगाएको छ ।’

बबई नदी नियन्त्रणका लागि स्थापना भएको कार्यालयले जोखिम रहेको स्थानमा दु्रत रुपमा काम गरेको बबई भादा औरहि नदी नियन्त्रण व्यवस्थापन कार्यालयका प्रमुख जित बहादुर थापाले बताए ।

बबई नदीमा ११ किलोमिटर पूर्ण रुपमा तटबन्ध निर्माण भईसकेको छ भने बालापुर ओभर फ्लो, गौरी कटान , थपुवा, पशुहाट बहाब धेरै भएमा ओभर फ्लो हुने जोखिम देखिन्छ ।

बबई नदी बस्ती पस्ने लटकनिया, प्रयाककपुर, रामपुर तटबन्ध पूरा भइसकेको छ । यदि बाढी नै आएमा पशुहार्ट देखि भादा पुल सम्म बाट बबई नदीको फ्लो बाहिर जान सक्ने हो कि भन्ने हामीले अनुमान गरेका छौ । चैत सम्म दु्रत गतिमा बढिरहेको तटबन्धको काम कोरोना कहरमा निर्माण व्यबसायीको सक्रियतामा रोकावट आएको हो ।