बर्दियामा नदीमा नुहाउन गएका तीन जना बेपत्ता
शनिबार, साउन ०९, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, साउन ९  / नदीमा नुहाउन गएका तीन जना शुक्रबार बेपत्ता भएका छन् ।

गेरुवा गाउँपालिका–६ का १२ वर्षिय संजिप विक, उनकी बहिनी ८ वर्षिय दिलमाया विक र राजापुर नगरपालिका–८ का २८ वर्षिय लालता चौधरी बेपत्ता भएका छन् । उनीहरु तीनै जना नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन्।

गेरुवा गाउँपालिका–६ का एकै घरका दाजु बहिनी कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् भने राजापुरका –८ का चौधरी बुढी खोलामा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

दाजु बहिनी कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । उनीहरु खेल्न जान्छु भनेर घरबाट निस्केका थिए ।

छोरा छोरी बेपत्ता भएपछि विकको परिवारसहित गाउँ नै शोकमग्न बनेको छ । बेपत्ता बालबालिका र चौधरीको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

प्रहरी र स्थानीयको सहभागितामा खोजी कार्य भईरहेको छ । नदीमा पानी धमिलो रहेकोले जालको सहयोगमा खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय