एक फरार कसुरदार पक्राउ
मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित

बर्दिया, साउन १२ (फरकसमाचार) / वन पैदवार ओसार पसार मुद्दाका फरार व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–३ बस्ने ज्ञानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतले अबैध वन पैदवार ओसार पसार मुद्दामा ०७२ साल चैत २४ गते जरिवाना तोकेको थियो । उनलाई अदालतले ५ हजार ८ सय ३३ रुपिया ३३ पैसा जरिवाना तोकेको थियो ।

जरिवाना तोकेको दिन देखि चौधरी फरार रहेका थिए । प्रहरीले चौधरीलाई नियन्त्रणमा लिई जरिवाना भुक्तान गर्न जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय