साढे पाँच किलो चरेससहित कैलालीबाट दुई पक्राउ
मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित

कैलाली, साउन १२ / प्रहरीले साढे पाँच किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्ररहरी र इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले सोमबार राति गौरीगंगा नगरपालिका-११ का ४० वर्षीय गोरे धामी र गोदावरी नगरपालिका-६ का ३५ वर्षीय धनबहादुर धामी छन्।

प्रहरीले सुरूमा गोरेलाई गौरीगंगा नगरपालिका-८ बाट पक्राउ गरेको थियो। उनले धनबहादुरले चरेस दिएको भनेपछि उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शंका लागेर गोरेले बोकेको झोला चेकजाँच गर्दा साढे पाँच किलो चरेस फेला परेको थियो। प्रहरीले दुबैलाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालेको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय