जसको चर्चा प्रधानमन्त्री देउवाले गरे
मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित

बर्दिया, साउन १२ (फरकसमाचार) / प्रधानमन्त्री शेर बहादुर देउवाको मन्त्री मण्डलको गठन प्रक्रियाको शुरुवातमै माओबादीका प्रभावशाली नेता जनार्दन शर्मालाई अर्थ मन्त्रालय सुम्पिए । नेपाली काँग्रेसले नेतृत्व गरेको सरकारले अर्थ मन्त्रालय अर्को पार्टीका शर्मालाई किन सुम्पियो भन्ने चर्चा अझै सेलाउँन पाएको छैन ।

गृह र उर्जा सम्हालिसकेका अर्थ मन्त्री शर्माले यसअघि गरेका ऐतिहासिक कामका आधारमा प्रधानमन्त्री देउवाले सार्वजनिक अभिव्यक्ति दिदै सकारात्मक चर्चा गर्दा सरकारले ‘राईट मेन, राईट प्लेस’ पदस्थापन गरेको देशबासीले बुझेका छन् । राम्रो कामको राम्रो नतिजा फलस्वरुप अर्थ मन्त्रीमा नियूक्त भएका शर्माको काम स्पीडले देशबासीलाई सन्तोष जनक रिजल्टको छनक पनि देखिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई माथि ल्याउन सरकारले कोरोना खोपसँगै राहतको प्याकेज घोषणा सँगै कार्यान्वयनको रुपमा ल्याउँन सक्नु सफल अर्थ मन्त्री शर्मा भईसकेको राजनितिज्ञले औल्याएका छन् ।

अर्थतन्त्र उकास्ने गरी आर्थिक प्याकेजका लागि मन्त्रालयको तयारी तिब्रताले आम मानिसमा एक किसिमको आशाको किरण फैलिएको छ । देशमा महामारीको रुपमा कोभिड १९ फैलिएको अवस्थामा अर्थमन्त्री शर्माले कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न भ्याक्सिनसँगै राहतको प्याकेज सरकारले गरेको घोषणाले नेपालीकै तन र मनमा अर्थ मन्त्री सफल भईसकेका छन् ।

विद्यमान समस्या समाधान गर्नेगरी सरकार अग्रसर रहेको अर्थ मन्त्री शर्माले गरेको सार्वजनिक अभिव्यक्तिले जनता खुसी भएका छन् । मन्त्री शर्माले संसद्मा पेश भएको बजेट अध्यादेशको टुङ्गो लागेपछि थप कसरी अगाडि बढ्ने भन्नेबारे निष्कर्षमा पुग्ने बारम्बार दोहाईरहदा अर्थ मन्त्रालय तयार भईरहेको खाकाले देशको समृद्धि कायापलट गर्न सक्ने बिश्वस्त छन् ।

यतिबेला मुलुकको प्रमुख प्राथमिकता कोरोनाविरुद्धको खोपसँगै व्यापार व्यवसायको अभिवृद्धि भएको उल्लेख गर्दे मन्त्री शर्माले ढावा दिन सकिने स्पष्ट पारिसकेका छन् । मन्त्री शर्माले पूँजीगत खर्च हुन नसक्नुका पछाडि विभिन्न कारण रहे पनि सार्वजनिक खरिदमा रहेको समस्या, ठेक्का प्रणालीमा रहेको जटिलता, निर्माण व्यवसायीको इमान्दार प्रयत्नको अभाव तथा सबै स्थानमा प्रक्रिया मात्रै पुर्याउने प्रवृत्ति मुख्य जिम्मेवार रहेको पटक पटक औल्याईसकेका छन् ।

कोरोनाका कारण समस्यामा परेको साना तथा मझौला व्यवसायी, पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले स्पष्ट कार्ययोजनाका साथ काम गर्ने र उनीहरूलाई पूर्ववत् अवस्थामा नै फर्काउन सकिने योजना रहेको बताएका शर्मा अघि धरासयि भईसकेका उद्योगी व्यबसायी तग्रिने आशामा छन् ।

जात भातको आधारमा काम नर्गने अभिव्यत्ती दिएका शर्माले अर्थ मन्त्रालय पूर्ण पारदर्शी रहने भन्दै उनले आफ्नो कार्यकाललाई बढीभन्दा बढी जनमुखी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन् । अर्थ मन्त्रालयका काम कारबाहीका बारेमा सूचना तथा सुझाव लिन र दिन सकिने व्यबस्थाका साथ अघि बढेको देख्दा यसअघि गृह मन्त्रालय र उर्जा मन्त्री हुदा सफल अर्थ मन्त्री शर्मा बन्ने यतिबेला आँकलन गरिएको छ । जनार्दनले यसअघि सरकारले जिम्मा दिएको उर्जा र गृह मन्त्रालयको जिम्मेवारीमा वस्दा ल्याएको आमुल परिवर्तनले नया पद्दतिको विकास भएको सर्ब बिदितै छ ।

महामारी कै बेला जनार्दनले दिएको सुरक्षा सामाग्रीले जिल्लाबासीले सुरक्षा अनुभुति गरेको आभास गराएको छ । यस्तै समाजका काममा अग्रसर देखिएका पश्चिम नेपालका एक्ला नेता भनेर परिचित जनार्दनको देश भरिमैे वाहवाही पाईरहेका छन् । चिकित्सकले नै ‘कोभिड १९’को त्रासमा रहेका अबस्थामा नेता जनार्दनको नौलो सराहनिय कामले जिल्लाबासी माझ अति प्रिय नेता शर्मा बनेका हुन । उर्जा मन्त्रालयको जिम्मेवारी रहँदा कुलमान घिसिङलाई ल्याएर लोडसेडिङ मुक्त गर्ने योजना अग्रणी भूमिका देखिए ।

लोकप्रिय कामले उनको कद उचो भयो । यस्तै, खोलामा झोला भन्ने उक्तिलाई उर्जा मन्त्रालय रहदा पूर्ण रुपमा प्रतिबन्ध लगाउँन सक्ने मन्त्रीको रुपमा शर्मा चिनिन्छन् । गृह मन्त्रालयको सरुवा होस वा बढुवा निपक्ष ढंगले गर्दा गृह मन्त्रालय सक्षम र सवल भएको समेत स्मरण गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय