नयाँ दिल्ली, साउन ३० / भारतमा थप ३८ ह" />
भारतमा थप ३८ हजार संक्रमित, ४७४ संक्रमितको मृत्यु
शनिबार, साउन ३०, २०७८ मा प्रकाशित

नयाँ दिल्ली, साउन ३० / भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ७१३ जनामा संक्रमण भएको छ।  यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड २१ लाख ५५ हजार ७६५ पुगेको छ।

भारतमा ३ लाख ९४ हजार ५६३ जना संक्रिय संक्रमित छन्।

यस्तै त्यहाँ एकैदिन ४७४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३० हजार ७५९ पुगेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय