नेकपा एकीकृत समाजवादी दर्ता गर्न एमालेका ५४ केन्द्रीय सदस्यले गरे सनाखत
बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित

काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।

नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका आयोग स्रोतले जनाएको छ ।

सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो ।

नेकपा एमालेले दलत्यागको कारबाही गरेका १४ सांसदमध्ये ९ जना सांसदले बुधबार नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका छन् । उनीहरुको हस्ताक्षरलाई मान्यता दिने वा नदिने आयोगले टुंग्याउनुपर्नेछ ।

त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाट गरेको सनाखतलाई पनि मान्यता दिने वा नदिनेबारे आयोगले निर्णय गर्नुपर्नेछ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय