बेवारिसे अबैध सामान बरामद
शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित

बर्दिया, भदौ ११ (फरकसमाचार)/ भन्सार छली अबैध रुपमा ल्याई बेवारिसे अवस्थामा सडक छेउमा राखिएको सामान बिहीबार प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो ।

भे ५ प १६८७ नम्बरको मोटरसाईकलमा लोड गरी सडक छेउमा बेवारिसे अवस्थामा राखिएको सामान भारतबाट ल्याईएको प्रहरीको अनुमान छ । डोरी, चुल्हो र मोटरसाईकल गरी मुल्य रु ६० हजार ६ सय बराबरको अबैध सामान बरामद भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

बरामद सामान आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय