बालबालिका तथा युवालाई लक्षित गरी परियोजना संचालन
बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, भदौ १६

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र साथी संस्था बाँकेको साझेदारीमा बर्दियाका चार पालिकामा ‘कोभिड–१९ महामारीमा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण तथा बेचविखन रोकथाम परियोजना’ संचालनमा आएको छ । गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा परियोजना संचालनमा आएको हो । चार वटै पालिकामा २५ लाख ११ हजार ८ सय २८ का दरले जम्मा बजेट १ करोड ४७ हजार ३ सय १२ रहेको छ ।

परियोजना संचालन पश्चात बालबालिका विषेश गरी कोभिड–१९ को सन्दर्भमा प्रभावित, यौन हिंसा जोखिममा उनीहरुको सुरक्षा, पुर्नवास, पुनः एकिकरण र उनीहरुको जोखिम कम गर्न विशेष सेवाहरु पहुँच हुनेछ । बालबालिका तथा युवाहरु कोभिड–१९ को सन्दर्भमा निरन्तर यौन हिंसा रोकथाम र प्रतिक्रियाका लागि वकालत गर्न सक्षम हुनेछन् ।

बालबालिकाका आमाबाबु, हेरचाहकर्ता र समुदायका नेतृत्वकर्ताहरु यौन हिंसाको विरुद्ध बालबालिकाहरुको लागि सुरक्षा कवज प्रदान गर्न सक्षम हुनेछन् ।

त्यसैगरी बाल संरक्षण प्रणालीमा अभिनेताहरु यौन शोषण विरुद्धको वकालत र रोकथाम गर्नका लागि बहु–सरोकारवाला सञ्चालन बलियो हुनेछ । परियोजना संचालन पश्चात यी चार उपलब्धीहरु प्राप्त हुने विश्वास संस्थाले लिएको छ । कार्यक्रमको बारेमा परियोजना संयोजक कुलराज दहितले जानकारी गराएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारुले यौन हिंसामा परेका पिडितहरुलाई सिप मुलक तालिम दिएर रोजगारीको सुरुवात गराई दिने सुझाएका थिए । जिल्लामा कार्यक्रम संचालन गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा बोल्दै सहायक प्रजिअ माधव प्रसाद शर्माले भारतको सिमानासंग जोडिएका पालिकाहरुमा बालबालिका विरुद्ध हुने यौन शोषण तथा बेचविखन रोकथाम परियोजना प्रभावकारी हुने बताए । बालबालिकाको हकहितका लागि संस्थाले गरेको काममा जिल्ला प्रशासनले आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

प्लान ईन्टरनेशनल नेपालले लुम्बिनी प्रदेशको बाँकेमा सन् १९९५ देखि र बर्दियामा सन २००६ देखि विभिन्न क्षेत्रमा काम गर्दै आएको प्लान ईन्टरनेशनल नेपालकी कार्यक्रम संयोजक कमला राईले जानकारी दिईन् ।

प्लान ईन्टरनेशनल नेपालले गर्ने कामको बारेमा प्रकाश परेकी थिईन् । साथी संस्थाको साझेदारीमा बर्दियाका चार पालिकामा बालबालिका तथा युवालाई लक्षित गरी परियोजना संचालनमा आएको बताईन ।

यस परियोजनाको अवधि १५ जूलाई २०२१ देखि १५ अप्रिल २०२२ सम्म रहने छ । बुधबार साथी संस्था द्वारा आयोजित जानकारी तथा परिचयात्मक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारु, सहायक प्रजिअ माधव प्रसाद शर्मा, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेल, नागरिक समाज संजालका संयोजक बालकृष्ण ओली, बारएसोसियसनका अध्यक्ष काशीराम चौधरी, गुलरिया नगरपालिका–७ का वडा अध्यक्ष गिता बस्नेत, वडा नम्बर ११ का वडा अध्यक्ष राम नारायण प्रसाद केसरी, साथी संस्थाका सल्लाहकार यम नाथ घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय