बर्दियामा १ लाख बराबरको सुर्तिजन्य कच्चा पदार्थ बरामद
आइतबार, भदौ २०, २०७८ मा प्रकाशित

बर्दिया, भदौ २० (फरकसमाचार) / प्रहरीले १ लाख मुल्य बराबरको सुर्तिजन्य कच्चा पदार्थको धुलो शनिबार बरामद गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहबाट ठुलो परिमाणमा अबैध सुर्तिजन्य पदार्थ बरामद भएको हो ।

बेवारिसे अवस्थामा थुपारी राखेको सुर्तिजन्य पदार्थको धुलो भारतबाट ल्याईएको प्रहरीले उल्लेख गरेको छ । बरामद सुर्तिजन्य कच्चा पदार्थ ८ क्विन्टल ८० किलोग्राम मुल्य रु १ लाख बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीले बरामद गरेको सुर्तिजन्य पदार्थ कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय