नेतृत्वलाई एमाले सांसदको प्रश्न : एमसीसीबारे पार्टीको धारणा के हो ?
बुधबार, भदौ २३, २०७८ मा प्रकाशित

काठमाडौं, भदौ २३ । नेकपा एमालेका सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा मागेका छन् ।

प्रतिनिधिसभाको अधिवेशन सुरु हुनुपूर्व बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् ।

कतिपय सांसदहरुले जनताले ‘नो एमसीसी’ भनेकाले त्यसअनुसार निर्णय गर्नुपर्ने बताए । सांसद निरुदेवी पालले भनिन्, ‘जनताले नो एमसीसी भनेका छन्, त्यसलाई बुझेर लागू हुनुपर्छ भनेर नजाऔं ।’

सांसदहरु विमला विक, जुली महतो लगायतले पनि जनताको भावना अनुसार निर्णय हुनुपर्ने बताएका छन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय