दलित महिला उत्थान संघको तीन वटा नगरपालिकाको परियोजना अनुगमन
शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित

बर्दिया, असोज १

दलित महिला उत्थान संघ द्वारा संचालित तीन वटा नगरपालिकाका परियोजना बिहिबार अनुगमन गरिएको छ । सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा राजापुरमा धान बाली, मधुवनमा र गुलरिया नगरपालिकामा बेसार खेतीको अनुगमन गरिएको हो ।

दलित महिला संघले संचालन गरेको परियोजना र नगरपालिका पहलमा कलस्टर अनुसार पकेट क्षेत्र निर्माणमा परियोजनाको लक्ष्य अनुरुपम सफल भईरहेको पाईएको छ । सरकारले राजापुर क्षेत्रलाई धानको सुपर जोन घोषणा गरेसँगै दलित महिला उत्थान संघले बिउँ बिजन र तालिम दिँदा धान खेतीमा किसान आर्कषित भएको भिम्मापुरकी किसान लक्ष्मि थारुले बताईन् ।

‘संघले उपलब्ध गराएको अनुदानको बिउँ र तालिम दिँदा विश्वस्त भएर धान खेती गरेको छौ’उनले भनिन् । धान, बेसार र केरा खेती अनुगमनमा मधुवन नगरपालिकाका नगर प्रमुख कृष्ण केसी, जिल्ला समन्वय समितिका उपाध्यक्ष मान बहादुर विष्ट, एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालयका प्रमुख बिनोद घिमिरे, गुलरिया ४ र ५ का वडा अध्यक्ष राम बहादुर रावल, साबित्रि गौतम र मधुवनका नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्र हमाल लगायतको सहभागिता रहेको थियो ।

चैते धान समेत लगाएको राजापुरका किसानले बर्खे धान लगाएका छन् । संघले उपलब्ध गराएको अनुदान बिउ र तालिम लिएर दक्ष भएका किसानले १ हजार दुई सय कट्ठामा धान खेति गरेका छन् ।
जंगली जनावरको त्रासले बेसार खेती फस्टाउँदै

मधुवन नगरपालिका–१ कैलाशीका किसान नयाँराम सुनारले नगदेबालीको परम्परागत खेती छाडेको दुई वर्ष भयो । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उनी नगदे बाली स्हार्ने बेलामा बर्सेनि धोखा पाएँ ।

एक वर्ष भरी गरेको मेहनतको फसल छिनभरमै जंगलि जनावरले खाई दिन्थे । खेतीमा निर्भर परिवार विहान र साँझको छाक टार्न समस्या थियो । यतिबेला सुनारको परिवार खुसी छ ।

रातीमा जंगलबाट खेतमा पसेका जनावर बेसारलाई नोक्सान नगरी फर्कन्छन् सुनारले सुनाए । उनी एक प्रतिनिधि पात्र हुन् । मधुवन नगरपालिका –१ कैलाशीमा बस्ने अधिकांश किसानको रोजाई बेसार खेती परेको अर्का किसान साबित्रि सुनारले बताईन् ।

जंगली जनावरले नोक्सानी नर्गने बेसार खेती तर्फ किसान आर्कषित भएको नगर प्रमुख कृष्ण केसीले बताए । ‘मध्यवर्तीका किसान जंगलि जनावरका आक्रान्त बनेका छन्’उनले भने,‘नगदे बाली जंगली जनावरले खाई दिन्छ, यतिबेला बेसार खेतीमा आर्कषित भएका किसान नगरपालिकाले गरेको सहयोगले किसान आर्कषित भएका छन् ।

’ उनका अनुसार दलित महिला उत्थान संघ र नगरपालिकाको सहयोगमा समुहलाई बेसार पिस्ने मेशिन उपलब्ध गराउँदा किसानलाई थप सहयोग पुगेको छ । समुहमा हस्तान्तरण गरेको मेशिनले पिसेको आर्गनिक र

सुद्धता रहेको बेसारमा बजारमा माग समेत बढेको केसी बताउँछन् ।
किसानलाई तालिम र बिउँ उपलब्ध गराउँदा किसान बेसार खेतीमा आर्कषण बढेको कार्यक्रम संयोजक विष्णु नेपालीले बताईन् । ‘परियोजना अन्र्तगत कलस्ट बाटेर किसानलाई सहयोग पुराएका छौ,’उनले भनिन्‘निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगलि जनावरबाट पिडित किसानको बेसार खेती रोजाईमा परेको छ ।’

प्याकेजिङ, ब्रान्डिङ र बजारिकरण संघले सहयोग गरिरहेको छ’उनले भनिन्,‘समुहमा मेशिन उपलब्ध गराएपछि बेसार तयारी अवस्थामा बजारमा पुगेको छ ।’ एउटा भवनमा नगरपालिका र संघको ७ लाख अनुदानमा समूहमा बेसार पिस्ने मेशिन जडान गरिएको छ । बजारमा प्रति केजी तीन सयका दरले बेसार बिक्रि हुँदा बेसार खेतीले किसानलाई आकर्षित गरिरहेको नेपालीले बताईन् ।

सुर्यपटुवालाई पकेट क्षेत्रको रुपमा बिकास गर्न नगरपालिका र संघले सहयोग गरिरहेको छ । दलित महिला उत्थान संघले जिल्लाको तीन वटा नगरपालिकामा धान बाली, केरा र बेसार खेतीका लागि तालिम र बिउँ दिएर सहयोग गरिरहेको परियोजना संयोजक नेपालीले बताईन् ।स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय