नेपाली काँग्रेसको १४औं महाधिबेशनबाट प्रतिनिधि चयन
बुधबार, असोज ०६, २०७८ मा प्रकाशित

कतै सहमति, कतै निर्वाचन

राम प्रसाद चौहान

बर्दिया, असोज ६

नेपाली काँग्रेसको १४ औं महाधिवेशन ८ वटा पालिकामा वडा प्रतिनिधि चयन प्रक्रिया मंगलबार देखि सुरु भएको छ । मंगलबार साँझसम्म आएको नतिजामा विवाद बिच सर्बसहमति भएको छ ।

जिल्लाको आठ वटै पालिकाको ७५ वटा वडामा प्रतिनिधि चयनको लागि कतै सहमति र कतै निर्वाचन भएको छ । निर्वाचन भएका वडाको मत परिणाण आउँन बाँकी छ ।

तुलनात्मक रुपमा हेर्दा अधिकांश ठाउँ प्रतिनिधि चयनका लागि निर्वाचन भएको छ । जिल्लामा एकद्धाररुपमा सूचना दिने प्रणाली नहुँदा कति वडा सर्वसहमति भयो या भएन एकिन हुन सकेको छैन । फरक समाचारलाई प्राप्त सुचना अनुसार गुलरिया नगरपालिकाको वडा नं.६, ८ र ११ सर्वसहमतिबाट प्रतिनिधि चयन भएका छन् ।

नेपाली काँग्रेसको ६ नम्बरको वडा अधिबेशनमा रहिस अहमद सिद्धिकि (राजु मनिहार) र क्षेत्रिय प्रतिनिधिमा सुधान्सु शर्मा चयन भएका छन् । गुलरिया नगरपालिका वडा नं. ११ को सभापतिमा बच्चा साहेव, उपसभापति मन्साराम खटिक महिलामा सीता कुमारी थापा, सचिव राम अनुप यादव लगायतका सदस्य चयन भएका छन् ।

यस्तै वडा नं. ८ पनि सर्व सहमतिबाट चयन भएको छ । वडा नं. ८ का विरु चौधरीले फेस बुकमा पोष्ट गरे अनुसार चौधरी लगायत क्षेत्रिय प्रतिनिधि र वडा कार्य समित सर्वसहमति चयन भएको हो ।

गुलरियाको वडा नं. ४ र ५ निर्वाचन भएको छ । त्यसैगरी वडा नं. ७ मा खुल्ला तर्फ ६ वटा पदका लागि ९ वटा उम्मेदवारीको र जनजाती तर्फ १ पदका लागि २ वटा उम्मेदवारीको लागि निर्वाचन भएको छ । बाँकी सबै पदको सर्वसहमतिबाट प्रतिनिधि चयन भएको छ । बारबर्दिया नगरपालिका वडा नं. ९ मा सर्व सहमितबाट प्रतिनिधि र वडा कार्यसमिति चयन भएको जनराज विष्टले फेस बुकबाट सार्वजनिक गरेका छन् । ठाकुरवावा नगरपालिका वडा नं. ३ बिद्या प्रसाद खनालले जिल्ला सभापतिका आकांक्षी उम्मेदवार हुन् ।

खनालको वडामा पनि सर्वसहमतिबाट पदाधिकारी चयन भएको छ । मधवन नगरपालिका १ सुर्यपटुवा सर्वसहमतिबाट चयन भएको छ । राजापुर नगरपालिका वडा नं. १० बाट क्षेत्रिय प्रतिनिधिमा मुक्ति नारायण पौडेल सर्वसहमतिबाट चयन भएका छन् ।

राजापुर नगरपालिकाको १० वटा वडा मध्य ८ वटा वडामा वडा प्रतिनिधि र क्षेत्रिय प्रतिनिधिहरु सर्वसहमतिबाट चयन भएका छन् । वडा नं. १,२,४,५,६,७,९ र १० मा सर्वसहमतिबाट प्रतिनिधि चयन भएका छन् भने वडा नं. ३ मा निर्वाचन भएको छ । मंगलबार वडा नं. ८ मा निर्वाचनको टुङ्गो लागेन ।

त्यसैगरी गेरुवा गाउँपालिका ६ वटा वडा मध्य ३ वटा वडामा निर्वाचन भयो बाँकी ३ वटा वडामा सर्वसहमतिबाट प्रतिनिधि चयन भए । वडा नं. ३ का अरुण राठोर सभापतिका आकांक्षी हुन् । राठोरको वडामा पनि निर्वाचन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय