बर्दियामा दुर्घटना हँुदा एक महिला घाईते
बुधबार, असोज ०६, २०७८ मा प्रकाशित

बर्दिया, असोज ६ (फरकसमाचार)

बढैयाताल गाउँपालिका–६ स्थित दुर्घटना हुँदा एक महिला घाईते भएकी छन् । जिल्ला कैलाली टिकापुर नगरपालिका–१ की ३७ वर्षिय यमुना ठगुन्ना घाईते भएकी हुन् ।

प्रहरीका अनुसार घाईते महिलाको अवस्था सामान्य रहेको छ । घाईते महिला हाईसमा सवार थिईन् । महिलाको घुडामा सामान्य चोट लागेको छ । सामान्य उपचारपछि थप उपचारको लागि घाईते महिलाको श्रीमान्ले नेपालगंज लगेको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए ।

उनका अनुसार दुवै गाडीका चालकको लापरवाही देखिएको छ । बाँसगढी देखि भित्री बाटो हुँदै आएको भे १ ख १९४४ नम्बरको ट्रक र नेपालगंजबाट गुलरिया तर्फ आउँदै गरेको भे १ ख ३३६० नम्बरको हाईस एक आपसमा ठोकिएका हुन् ।

ट्रकको चालकले अगाडि नहेरी गुलरिया तर्फ मोड्दा र नेपालगंज देखि गुलरिया तर्फ आईरहेको हाईसको चालकले स्पिड कम नगर्दा दुर्घटना भएको प्रहरी निरीक्षक जोशीले बताए । दुवै गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय