बर्दिया प्रहरी द्वारा ५२ फरार अभियुक्त पक्राउ
शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित

दीपकलाल श्रेष्ठ
बर्दिया, असोज ८ / जिल्ला प्रहरी कार्यालय बर्दियाले पछिल्लो ६ महिनाभित्र ५२ फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया द्वारा शुक्रबार भएको अर्ध बार्षिक समीक्षा कार्यक्रममा बर्दिया जिल्ला अदालतले विभिन्न अपराधमा संलग्न भएको पुष्टि गर्दै कैद तथा जरिवाना सुनाए सँगै फरार भएका अभियुक्तहरूलाई प्रहरीले ६ महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए।

पक्राउ पर्नेमा बर्दिया जिल्ला अदालतबाट एक दिनको सजाय तोकिएका देखि ज्यान मुद्दामा १८ वर्षको सजाय तोकिएका कृपाराम खटिक समेतका फरार अभियुक्त रहेको उपरिक्षक कार्कीले जानकारी दिए।

फरार अभियुक्तहरू जिल्लाका विभिन्न गाउँमा देखिने गरेको गोप्य सूचनाहरूको आधारमा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको उपरिक्षक कार्कीले भने।

अदालतको फैसला पछि फरार सुचिमा रहेका थप अभियुक्तको खोजिका लागि जिल्लाका हरेक ईलाका,  चौकि इन्चार्जलाई निर्देशन दिइएको समेत प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय