अर्ध वार्षिक समिक्षामा बर्दिया प्रहरी सफल
शनिबार, असोज ०९, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, असोज ९

जिल्ला प्रहरी कार्यालयले अर्ध वार्षिक समिक्षा कार्यक्रम शुक्रबार गरेको छ । प्रहरीले बिगत छ महिनामा गरेको प्रगतिको बारेमा जानकारी गराउँन समिक्षा कार्यक्रमको आयोजना गरेको हो ।

जिल्लामा एसपी ईश्वर कार्कीले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको छ महिना भयो । प्रहरी प्रमुखका रुपमा कार्की आउँदा जिल्ला स्थित सरोकारवालासंग जिल्लाको स्थिती बुझेका थिए ।

‘जिल्लाको अवस्था बुभ्mदा लागु औषधको बिगबिगी रहेको’ एसपी कार्कीले भने ‘ लागु औषध नियन्त्रण गर्न नो ड्रक्स अभियान संचालन गरे ।’ लागु औषध नियन्त्रण गर्न सर्च अप्रेशन चलाए । छ महिनाको अवधिमा १ सय ३२ वटा जनचेतनामुलक कार्यक्रम संचालन गरेको बताए ।

लागु औषधका १९ वटा मुद्दा दर्ता गरेको र २७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । ८०.५ सय २० ग्राम लागु औषध ब्राउन सुगर र १ सय ५ ट्याब्लेट नाईट्राभेट बरामद गरेको बताए । प्रहरीले सार्वजनिक ठाउँ तथा खेतबारीमा प्राकृतिक रुपमा उम्रिएका गाँजा ३४ क्विन्टल बराबर फडानी गरेको एसपी कार्कीको भनाई छ ।

बढैयाताल गाउँपालिका–३ का जित बहादुर गोदार क्षेत्रीलाई बन्चरोले प्रहार गरी हत्या रहेका कृपाराम खटिकलाई १८ वर्षपछि भारतबाट पक्राउ गर्न सफल भएको बताए । खटिक हत्या गरी १८ वर्ष देखि भारतको रुपैडिहामा घर बनाई बसेका थिए । खटिकलाई अदालतले २० वर्ष कैद सजाय तोकेको थियो ।

एसपी कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट पक्राउ गरी खटिकलाई कानुनी दायरामा ल्याएको जानकारी दिए । त्यसैगरी लामो समय देखि फरार रहेका ५२ कसुरदारलाई नियन्त्रणमा लिन सफल भएको जानकारी गराए ।

पक्राउ परेका व्यक्तिबाट ४६ वर्ष ९ महिना १४ दिन बराबरको सजाय र १ लाख ५७ हजार ८ सय ७७ रुपैया जरिवाना असुल गराएको एसपीले कार्कीले भने ।

जसमा १ दिनको कैद सजाय पाएका र रु ५ जरिवाना तोकिएका व्यक्तिसमेत पक्राउ गरेको बताए । करोडौ रुपैया बराबरको पुरातात्विक बुद्धको मुर्तिसहित ६ जना पक्राउ गरेको बताए । यो प्रहरीको ठुलो उपलब्धी हो ।

छ महिनामा प्रहरी कार्यालय लगायत प्रहरी चौकीहरुमा आन्तरिक संस्थागत सुधार अन्तर्गत भौतिक पुर्वाधार निर्माण तर्फ रु १ करोड भन्दा बढी रकम बराबरको नयाँ भवन निर्माण तथा पुननिर्माणको कार्य गरेको जनाए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाईको मास्क खोई, लागु औषध, घरेलु हिंसा, बालविवाह, बहुविवाह, आगलागी, गाँजा फडानी र आत्महत्या रोकथामका लागि जनचेतनामुलक कार्यक्रम गरेको जानकारी दिए । आगामी दिनमा प्रहरीले मुस्कानसहितको सेवा दिन तत्पर रहेको एसपी कार्कीले विश्वास दिलाए ।

उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डे लगायत विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको समिक्षा कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय