सशस्त्र प्रहरीद्वारा अबैध थ्रेसरसहित सामान बरामद
सोमबार, असोज ११, २०७८ मा प्रकाशित

बर्दिया, असोज ११(फरकसमाचार)

सशस्त्र प्रहरीले भन्सार छली ओसार पसार गर्दै गरेको सामान आइतबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत युनिटबाट खटिएका सशस्त्र प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार मुल्य रु ६९ हजार बराबरको ट्याक्टरको थ्रेसर १ वटा, कवाड सामान र ३ वटा साईकल बरामद भएको छ । बरामद सामान कारवाहीको लागि गुलरिया भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी एसपी नरबहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय