पारिवारीक निजि वन संघको नयाँ कार्यसमिति चयन
मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित

बर्दिया, असोज ११ (फरकसमाचार)

पारिवारीक निजि बन संघ नेपालको दोस्रो जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । पारिवारीक निजि वन संघमा १५ जनाको जिल्ला कार्यसमिति लागि अधिवेशन भएको हो ।

जसमा ११ जना सर्वसहमत चयन भएका छन् भने थप ४ जनालाई पछि मनोनित गर्ने जनाईएको छ । जिल्ला अध्यक्षमा पार्वती काफ्ले, उपाध्यक्ष्मा राम प्रसाद पौडेल, सचिवमा अली अहमद धोबी, उपसचिवमा राकेश्वर थापा, कोषाध्यक्षमा रञ्जु अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्य तर्फ जयन्द्र बहादुर थापा एम बहादुर मल्ल, दिपक पौडेल, टिका नेपाली, अर्जुन पौडेल र कृष्ण कला सुनार सर्वसहमत चयन भएका छन् ।

चयन भएका पदाधिकारीहरु निजि बन संघमा आवद्ध रहेका छन् । बर्दिया जिल्लामा निजि वन संघमा १ सय ५ जना कृषकले सदस्यता लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय