बर्दियामा थप १० जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित

बर्दिया, असोज १२ (फरकसमाचार) / जिल्लामा थप १० जनामा कोरोना संक्रमण मंगलबार पुष्टि भएको छ । ७ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार २ सय ३२ पुगेको छ । त्यसैगरी मंगलबार ४ जना निको भएका छन् । निको हुनेको संख्या ६ हजार ९ सय ४९ पुगेको छ । ७२ जनामा भाइरस सक्रिय रहेको छ ।

सक्रिय संक्रमित मध्ये ७० होम आईसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ११ पुगेको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख १४ हजार ५ सय ३५ जनालाई पहिलो डोज खोप लगाईएको छ भने ७७ हजार ९ सय १६ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय