बर्दियामा ब्राउन सुगर मुद्दाको फरार कसुरदार पक्राउ
बुधबार, असोज १३, २०७८ मा प्रकाशित

बर्दिया, असोज १३ (फरकसमाचार) / लागु औषध ब्राउन सुगर मुद्दाका फरार कसुरदारलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

प्रहरीले गुलरिया नगरपालिका–१० बस्ने सुरेन्द्र कुमार थारुलाई पक्राउ गरेको हो । जिल्ला अदालतले ०७७ माघ १२ गते थारुलाई लागु औषध ब्राउन सुगर मुद्दामा ९ महिना १३ दिन कैद सजाय तोकेको थियो ।

अदालतले सजाय तोकेको दिन देखि थारु फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले खोजतलास गर्ने क्रममा थारुलाई पक्राउ गरी सजाय भुक्तान गर्न अदालतमा बुझाएको प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय