केराउका तस्कर अघि अघि प्रहरी पछि पछि
बिहिबार, असोज १४, २०७८ मा प्रकाशित

बर्दिया, असोज १४ (फरकसमाचार) / भन्सार छली नेपालबाट भारत तर्फ केराउको तस्करी बढेसंगै प्रहरीले निगरानी पनि बढाएको छ ।

केराउको तस्करी रोक्न प्रहरीले महत्वपुर्ण भुमिका खेलेको छ । अघिल्लो महिना देखि अहिले सम्म तीन पटक ठुलो परिमाणमा केराउ प्रहरीले बरामद गरेको छ । नेपालबाट भारत तर्फ केराउको तस्करी गर्न जति प्रयास गरेपनि प्रहरीले तस्करीमा संलग्नको प्रयास असफल पारेको छ । बुधबार मधुवन नगरपालिका–८ स्थितबाट २२ क्विन्टल ५० किलोग्राम मुल्य रु २ लाख २५ हजार बराबरको अबैध केराउ बरामद गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

प्रहरीले अघिल्लो महिनामा गुलरिया नगरपालिका–१० स्थित केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी भारततर्फ लैजाने गरी राखिएको अवस्थामा १ सय ६८ दशमलव ७५ क्विन्टल र साईकल ८ वटा गरी मुल्य रु १६ लाख ९१ हजार ५ सय बराबर बरामद गरेको थियो ।

त्यसैगरी मधुवन नगरपालिका–५ गाउँ नम्बर ११ बडगाउँ स्थितबाट ३९ क्विन्टल ३० किलोग्राम ट्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरेको र सोही उदेश्यले नजिकै २२ क्विन्टल थुपारी राखेको अवस्थामा जम्मा ६१ क्विन्टल ३० किलोग्राम केराउ बरामद गरेको थियो । जसमा केराउको मुल्य रु ४ लाख ३० हजार ५ सय र ट्याक्टरको मुल्य रु १२ लाख गरी जम्मा मुल्य रु १६ लाख ३० हजार ५ सय बराबरको बरामद भएको प्रहरीको रेकर्डले पुष्टि गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय