खप्तड गोल्ड कप फुटबल : एपिएफ क्वाटरफाइनलमा प्रवेश
शनिबार, फागुन १०, २०७६ मा प्रकाशित

धनगढी, फागुन १० : यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को आज भएको खेलमा विभागीय टिम एपिएफले ए डिभिजन टिम एनआरटीलाई पराजित गरेको छ ।

जितसँगै एपिएफ क्वाटरफाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको ठूलो धनराशी पुरस्कारको यो प्रतियोगिताको आजको खेलमा न्यूरोड टिम एनआरटीलाई २१ गोलअन्तरले पराजित गर्दै एपिएफ अन्तिम आठमा पुगेको हो ।

एपिएफलाई जित दिलाउन रमेश दंगाल र विकु तामाङले एक÷एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले एक गोल गर्न सके । खेलको ३९औँ मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

कप्तान प्रकाश बुढाथोकीले मिलाएको पासलाई दर्शनले डिबक्स भित्रबाट पहिलो बारमा सुन्दर गोल गरेका थिए । दोस्रो हाफमा भने एपिएफ खेलमा फर्कियो । खेलको ६१औँ मिनेटमा रमेशले गोल गर्दै एपिएफलाई ११ गोलको बराबरीमा पु¥याए । सुदीप शिख्राकारको कर्नरमा अनमार्क रहेका डिफेन्डर रमेशले हेड गोल गरे । त्यसपछि खेलको ६७औँ मिनेटमा वैकल्पिक खेलाडी विकुले गोल गर्दै एपिएफलाई २१ को जित दिलाए ।

कप्तान टोपबहादुर विष्टले प्रहार गरेको रिवाउण्ड बलमा विकुले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याचएपिएफ रमेश दंगाल घोषित भई पुरस्कृत भए । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत आइतबार नवजनजागृति क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्ने छन् । प्रतियोगिताको विजेतालाई २१ लाख एक तथा उपविजेतालाई १० लाख एकसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप फुटबल प्रतियोगिता हो ।‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम–११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय