बिद्युत आपुर्तीमा सधैं उल्झन
आइतबार, असोज १७, २०७८ मा प्रकाशित

विद्युत प्राधिकरणका प्रमुख दिपक जंग चौधरीले जिम्मेवारी सम्हालेपछि बिद्युत अनियमित हुदाँ बैकिङ सेक्टर खर्च धान्न नसक्ने स्थितिमा पुगेका छन् भने पर्यटन क्षेत्र अस्तव्यस्त र हाई भोल्टेजका कारण ईलेक्टोनिक्स सामान पकडिदा सर्बसाधरण हैरान भएका छन् ।

राम प्रसाद चौहान

बर्दिया, असोज १७

लामो समय देखि बिद्युत आपुर्ती नहुँदा जिल्ला बासी उल्झनमा छन् । विद्युत आपुर्ती अस्तव्यस्त बनेको छ । अघिल्ला बर्षमा अनियमित हुने बिद्युत आपुर्ती नियमित नभएपछि कार्यालय प्रमुख दिपकजंग चौधरी क्षमता वा दक्षतामा प्र्र्रश्न चिन्ह खडा भएको छ ।

बिद्युत अनियमित हुनुमा व्यबसायी घरनासँग मिलिमतो चुहावट गरेर वा कार्यालय प्रमुखको दक्षता नहुनु हो भन्ने सेवाग्राहीको आँकलन छ । न्युनतम ४ देखि ६ घन्टा बिद्युत कटौति हुने गरेको छ ।

यसअघिका वर्षमा चार गुणा बढि लाईन अनियमित हुने गरेको हो । छिन छिनमा बिद्युत कटौतीले सर्वसाधारणलाई सास्ती खेप्न परेको छ । विभिन्न बहानामा बिद्युत कटौती गर्दा स्थानीय आक्रोषित बनेका छन् ।

बिद्युत सेवा अनियमित हुँदा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुले विद्युत सेवा आपुर्तिको लागि बैकल्पिक रुपमा इन्भेटर र जेनेरेटर जडान गरेका छन् ।

विद्युत सेवा निरन्तर र प्रभावकारी नभएकोले कार्यालयहरुले ईन्भेटर र जेनेरेटर जडान गर्दा बढी खर्च देखिएको सर्वत्र गुनासो आईरहेको छ । त्यसैगरी विद्युत भोल्टेज एकनास नरहेको गुलरिया नगरपालिका–१० का मगरे थारुले बताए । ‘कहिले काही हाई लो भोल्टेज आउँछ’ उनले भने, ‘मेरो घरको कति पटक बल्ब र टिभी फिउज भएको छ ।

’ विद्युतमा फोन गर्दा फोन नै नउठ्ने गरेकोसमेत जानकारी दिए । बल्लातल्ला फोन उठ्छ, जानकारी गराउँदा बेवास्ता हुने गरेको थारुले बताए । अब हामी कसलाई गुनासो गर्ने । बिल तिर्न ढिलो भयो भने जरिवाना जोडेर तिराउँछन् । तर, विद्युत लाईनमा कुनै गडबढी आयो भने बेवास्ता गर्ने गरेको थारुको आरोप छ ।

भोल्टेज हाई लो ले गर्दा कार्यालयहरुमा रहेका कम्प्युटरको पावर सफलाई उड्ने गरेको छ । विद्युतीय माध्यम चल्ने अन्य उपकरणहरुसमेत बिग्रिने गरेको उद्योग व्यवसायीहरुको भनाई छ । विद्युत आपुर्ति सेवाको अनियमितले गर्दा सदरमुकाम आसपासका व्यवसायी, कर्मचारी र विद्यार्थीहरुलाई सास्ती खेप्तु परेको छ ।

हावाहुरी नलागेको समयमा नै लाईन काटिदा प्राधिकरणको चरम लापरबाही देखिएको स्थानीयले गुनासो गरेका छन् । विगत केही महिना झन् बिद्युत अनियमित हुने गरेको हो ।

फरकसमाचार संवाददाताले विद्युत अनियमित बारे नेपाल विद्युत प्राधिकरण बर्दियाका प्रमुख दिपक जंग चौधरीसंग जानकारी लिदा माथिबाट नै सिस्टम जाने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय