सोनाहा जाति सुचिकृत गर्ने प्रदेश प्रमुख शेरचनको आश्वासन
सोमबार, असोज १८, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, असोज १८ / तेस्रो नेपाल राष्ट्रिय सोनाहा सम्मेलनको सम्बोधन गर्दै सोनाहा जाति सुचिकृत गर्ने लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सोनाहा विकास समाजलाई आश्वासन दिएका छन् । आइतबार राजापुर नगरपालिका–१ हिमालीपुर सोनाहा विकास समाजद्वारा आयोजित तेस्रो नेपाल राष्ट्रिय सम्मेलन कार्यक्रममा प्रदेश प्रमुख शेरचनले आश्वासन दिएका हुन् ।

०७२ सालमा सर्वोच्च अदालतले सोनाहा जाति सुचिकृतको लागि फैसला गरेको र विभिन्न कारणले कार्यान्वयन नभएको भन्दै अब सुचिकृत जसरी पनि हुने जानकारी दिए । ‘सर्वोच्च अदालतले फैसला गरेको आदेश जुन सरकार आएपनि कार्यान्वयन हुन्छ’ उनले भने ‘त्यसैले छिट्टै जाति सुचिकृत हुन्छ ।’

सवोच्च अदालतले फैसला गरेको आधारमा सोनाहा विकासका अध्यक्ष र यस क्षेत्रका प्रदेश सांसदहरुलाई लिएर प्रधानमन्त्री समक्ष आफै स्वयम उपस्थित भएर बाध्यकारी रुपले सोनाहा जाति सुचिकृत गराउने प्रदेश प्रमुख शेरचरले प्रतिबद्धता व्यक्त गरे ।

कसैको कुकुरले एक धारनी मासु दिनदिनै खाने, कसैले चामलको भात खान चाडपर्व वर्षदिन कुर्नुपर्ने समस्या दृष्टिकोणको समस्या रहेको प्रमुख शेरचनले बताए ।

कसैले धनसम्पत्ति थुपारेको थुपारे, कसैले दिनभरी काम गरेर पनि साँझ विहान छाँक टार्न समस्या रहेको छ । यो समस्या वर्गिय दृष्णिकोण, मानविय शोषणको र जातिय विभेदमा राज्य प्रणालीको ठुलो दोष रहेको बताए । सबै जातजातिलाई राज्यले समान दृष्टिकोणले हेर्नु पर्ने प्रदेश प्रमुख शेरचनले औल्याएका थिए ।

सोनाहा विकास समाजका अध्यक्ष बल बहादुर सोनाहाले जाति सुचिकृत र पराम्परागत पेशाको संरक्षणका लागि प्रदेश प्रमुख शेरचनलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा सोनाहा जाति सुचिकृत गर्न र पराम्परागत पेशा सुन चाल्ने र माछा मार्ने पेशालाई संरक्षण गर्ने हकहित सुनिश्चितका कुरा उल्लेख रहेको जानकारी गराए ।

सोनाहा जातिको मुख्य पेशा सुन चाल्ने र माछा मार्ने पेशामा राज्यले रोक लगाएको जानकारी दिए । नदीमा सुन चाल्न जाँदा र माछा मार्न जाँदा राष्ट्रिय निकुञ्ज र अन्य समितिले रोक लगाएको समेत जानकारी दिए । नेपालमा सोनाहा जातिको संख्या १ हजार २ सय रहेको छ । जसमा ३ सयको हराहरीमा राजापुर र गेरुवामा बसोबास रहेको छ ।

अध्यक्ष सोनाहाका अनुसार १ हजार २ सय सोनाहा जाति मध्ये हालसम्म ३ जना मात्र एसएलसी पास गरेको जानकारी गराए । बर्दिया, कैलाली र कञ्चनपुरमा सोनाहा जातिको बसोबास रहेको छ । सम्मेलनमा तीनै जिल्लाका सोनाहा जातिहरु अगुवाहरुको सहभागिता रहेको थियो ।

सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तिलक शर्मा , दिपेश थारु, लुम्बिनी प्रदेशका मुख्य न्याय अधिवक्ता कुलानन्द उपाध्यायले सोनाहा जाति लोपउन्मुख जाति र पिछाडिएको जाति भएकोले जाति सुचिकृत हुनु पर्नेमा जोड दिएका थिए । जाति सुचिकृतले सोनाहा जातिलाई लोकसेवा तथा अन्य पक्षमा सहयोग मिल्ने र जातजातिका आधारमा पहुँच हुने जोड दिएका थिए ।

सोनाहा जातिको विकासका लागि विभिन्न किसिमका कार्यक्रम संचालन गरेको राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद थारुले बताए । सोनाहा जातिको विकासको लागि राजापुर नगरपालिका हमेशा तयार रहेकोसमेत जानकारी दिए । सोनाहा जाति सुचिकृत नभएकोले धेरै समस्या झेल्नु परेको छ । जाति सुचिकृतको लागि सम्बन्धिय निकायममा समन्वय र पहल गरिरहेको नगर प्रमुख थारुको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय