गुलरियामा टिभियस मोटरसाईकलको बिक्री सुरु
शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित

बर्दिया, असोज २२ (फरकसमाचार) / गुलरियामा टिभियस कम्पनीका मोटरसाईकलको बिक्री बिहीबार देखि सुरु भएको छ । टिभियस कम्पनीका मोटरसाईकल पारखीहरुका लागि गुलरिया नगरपालिका–६ अस्पताल रोडमा एस.बि.जे.मल्टी बिजनेस प्रालिले टिभियस सोेरुम संचालनमा ल्याएको हो ।

उपभोक्ताको मागलाई मध्यनजर गरी टिभियस कम्पनीका नयाँ ब्रान्डका मोटरसाईकल तथा स्कूटरको प्रयाप्त उपलब्धतासहित प्रालिले सोरुम संचालनमा ल्याएको प्रालिका डाईरेक्टर जुनेद शेषले बताए । टिभियसका सबै किसिमका मोटरसाईकल एकै थलोमा उपलब्ध गराउने उदेश्य रहेको डाईरेक्टर शेषले जानकारी दिए ।

उपभोक्ताले खोजे जस्तै मोडेल र कलरका मोटरसाईकल स्कूटर उपलब्ध गराउने शेषले विश्वास दिलाए । महान चाड बिजयादशमी तथा शुभदिपावलीको अवसरमा विषेश छुटसमेत रहेको उनले सुनाए ।

ओपेनिङ्ग कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डे(मंगल), उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बिरबहादुर चौधरी लगायत टिभियस सोरुमका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय