बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
आइतबार, असोज २४, २०७८ मा प्रकाशित

बर्दिया, असोज २४ (फरकसमाचार) / जंगली हात्तीको आक्रमणमा परी गएराति एक जनाको मृत्यु भएको छ ।

राजापुर नगरपालिका–१० दक्षिण खैरी बस्ने ३५ वर्षिय बेचन दहितको मृत्यु भएको हो । झप्ती स्थित गेरुवा कर्णाली नदी किनाराको बाटो हुँदै कामबाट घर फर्किने क्रममा आक्रमण गरेको स्थानीयले बताएका छन् ।

शव भेटिएको स्थानमा हात्तीको पाइलासमेत भेटिएको प्रहरीले जनाएको छ । मृतक दहितको घर देखि एक किलोमिटर पुर्व तर्फ उनको शव आइतबार बिहान भेटिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय