दुई लाख बढी रुपैयाँसहित १२ जुवाडे पक्राउ
आइतबार, असोज २४, २०७८ मा प्रकाशित

दाङ, असोज २४ / दुई लाख बढी रकमसहित घोराही उपमहानगरपालिका-९ दुबीचौरबाट १२ जुवाडे पक्राउ परेका छन्।

स्थानीय श्यामलाल चौधरीको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले शनिबार बिहान एक बजे दुई लाख सात हजार बढी रकमसहित १२ जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

चौधरीको घरमा अवैध रूपमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षक प्रदीप खनालको कमाण्डमा पुगेको दश जनाको प्रहरी टोलीले शनिबार मध्यरातमा छापा मारेर उनीहरूलाई पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए।

जुवाडे पक्राउ परेको सूचना प्रहरीले आइतबारमात्रै सार्वजनकि गरेको हो।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय