बर्दियामा थप २ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक ९ (फरकसमाचार) / जिल्लामा थप २ जनामा कोरोना संक्रमण मंगलबार पुष्टि भएको छ । १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय १२ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ७ हजार १ सय ५४ पुगेको छ । ४१ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ३७ होम आईसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत छन् ।

जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख १४ हजार ५ सय ८० जनालाई पहिलो डोज खोप लगाईएको छ भने ७७ हजार ९ सय ६१ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय